१ घण्टामै ३१ अंक भन्दा बढीले घट्यो नेप्से




काठमाडौं । अघिल्लो साताभर करीब ९० अंकले घटेको नेप्से परिसुचक यो साता पनि सुधार हुने संकेत मिलेको छैन । साताको कारोबारको पहिलो दिनको पहिलो १ घण्टा अर्थात सबा १२ बजेसम्ममा नेप्से परिसुचक ३१ अंक भन्दा बढले घटेको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सबै उपसूचकहरु घटेका छन् । २१४.२६ अंकले घटेको बीमा समुहको उपसुचकमा सबैभन्दा ठूलो पहिरो गएको छ । बैंकिङ समुहको उपसुचक पनि ३७.७१ अंकले ओर्लिएको छ ।

समग्र परिसुचक भने ३१.३० अंकले घटेर १४४२.७३ बिन्दुमा आइपुगेको छ ।

बैंकहरुको ब्याज बढ्नथालेसँगै घट्न लागेको लगानीकर्ताको मनोबल अझै बढ्न सकेको छैन् ।


क्लिकमान्डु