टेलिकमको १३ औं वार्षिकोत्सव, एडिएसएल सेवा सस्तो बनाउने




काठमाडौं । नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारेर आजबाट प्रिपेड मोबाइलमा समेत फोर जी सेवा सुरु गरेको छ । करिब एक महिना अगाडी टेलिकमले काठमाडौं र पोखराका पोष्टपेड ग्राहकलाई फोर-जी सेवा दिन सुरु गरेको थियो ।

बार्षिक उत्सबको अबसर पारेर टेलिकमले एडिएसएल सेवासस्तो बनाउने घोषणासमेत गरेको छ । साथै ग्राहकलाई ३ दिनसम्म रिचार्जमा १० प्रतिशत बोनस दिने घोषण समेत कम्पनीले गरेको छ ।

टेलिकमले ३९ करोड रुपैयाँ बराबर खर्चिएर फोर(जी सेवा प्रारम्भ गरेको थियो । काठमाडौंमा फोर-जीका लागि काठमाडौंमा ३ सय ८ वटा बिटीएस टावरलाई अपग्रेड गरिएको छ भने पोखरामा ७९ वटा टावरको स्तरोन्नति गरिएको छ ।

टेलिकमको वाषिर्कोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले एडिएसएल छाडेर नयाँ प्रविधियुक्त सुविधा दिन सुझाएका छन् । उनले एडिएसएललाई छाडेर नयाँ प्रविधि एफटीटीएचमा जान टेलिकमलाई सुझाव दिएका हुन् ।

टेलिकमका देशभर ८ लाख ५९४ थान तारफोन प्रयोगमा गरेको छ भने, एक करोड ३५ लाख जिएसएम मोवाइल फोन प्रयोगकर्ता रहेका छन् । १४ लाख ५६ हजारले सिडिएमए फोन चलाई रहेका छन् ।

नेपालको समग्र टेलिकम बजारमा नेपाल टेलिकमले ४८ प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी रहेको छ ।

यो पनि पढ्नुहोस्http://www.clickmandu.com/2017/02/6839.html


क्लिकमान्डु