महजोडीले पेन्टर मजदुरलाई दिए उपहार




काठमाडौं । जसिम्न पेन्ट्सले विभिन्न सहरमा संचालन गरेको पेन्टर उपहार योजना अन्तर्गत उपहार प्रदान गरेको छ । पेन्टर मजुदरलाई जस्मिन पेन्ट्सले मोटरसाइकल, फ्रिज, टिभी, ल्यापटप लगायतका पुरस्कारहरु वितरण गरेको हो ।

व्यवसायी र पेन्टर भेटघाट कार्यक्रममा कम्पनीका ब्राण्ड एम्वेस्डर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पेन्टर मजदुरलाई उपहार प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै एम्वेस्डरद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले देशका धेरै उत्पादनहरु गुणस्तरीय बन्दै गइरहेकोले उपभोक्तालाई निर्धक्क भएर प्रयोग गर्न आव्हान गरे । कम्पनीका कन्ट्री म्यानेजर रविन शर्मा भुषालले कम्पनीका महत्वपूर्ण उत्पादनहरु रोयल ग्लेज, एक्स्टेरियर इमोल्सन र लो भिओसी पेन्ट होम एण्ड ट्रिमको बारेमा पनि जानकारी गराए ।


क्लिकमान्डु