नेप्से परिसूचक २१.६२ अंकले घट्यो,३४ करोड करोडको कारोवार



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक बुधवार २१.६२ अंकले घटेको छ ।

बजार खुल्नासाथ घट्न थालेको परिसूचक बजार बन्द हुँदा १३२२.८८ बिन्दुमा आइपुगेको छ । नेप्सेमा सूचिकृत कम्पनीले नाफा बढाएको ब्यालेन्ससिट प्रकाशित गरेपनि सेयर लगानीकर्तालाई भने त्यसले आकर्षण गर्न सकेको छैन ।
गत साता १३ सय बिन्दुबाट तल ओर्लेर केही दिन उकालो लागेपनि सेयर बजारले बियरिस ट्रेन्ड छाड्न नसकेको देखिन्छ ।

बुधवार कारोवार भएका सबै समुहको परिसूचक रातो रङ छाएको छ ।
कारोवार रकमको आधारमा सबैभन्दा बढी प्रभु बैंकको २ करोड ५० लाख रुपैयाँको सेयर कारोवार भएको छ ।

यस्तै एभरेष्ट बैंकको २ करोडको कारोवार भएको छ । चालु आर्थिक वर्षको ६ महिनामा करिब १ अर्ब नाफा कमाएको ब्यालेन्ससिट प्रकाशित गरेपनि एभरेष्टले लगानीकर्तालाई भने आकर्षित गर्न सकेन । उसको सेयर मूल्य प्रतिकित्ता २० रुपैयाँले झरेको छ ।

बुधवार कारोवारको आधारमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकका लगानीकर्ताले कमाएका छन् । सबैभन्दा बढी गुमाउनेमा सुर्या लाइफ इन्सुरेन्सका लगानीकर्ता रहेका छन् ।


क्लिकमान्डु