ब्याजदर बृद्धिले उद्योग बन्द हुने अवस्थामा : नेपाल उद्योग परिसंघ



काठमाडौं । नेपाल उद्योग परिसंघले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले बढाएको कर्जाको ब्याजदरको कारण उद्योग बन्द हुने अवस्थामा पुगेको बताएको छ ।

परिसंघले आज विज्ञप्ती जारी गर्दै परिसंघले बैंक तथा वित्तीय संस्थाले लागत नबढेपनि उद्योगहरुको विकास क्रमलाई रोक्नेगरी ब्याजदर बृद्धि गरेको बताएको हो ।
ब्याजदर बृद्धिले पुँजी निर्माण भएका औद्योगिक परियोजनाहरु अघि बढ्न नसक्ने अवस्था आएको भन्दै परिसंघले त्यसबाट लगानी घट्ने, रोजगारीकाअ वसरहरु संकुचित हुने र कुल गार्हस्थ उत्पादनमा ह्रास आउने खतरा देखाएको छ ।

ब्याजदर बढ्दा समग्र व्यवसायको लागत बढ्ने, उद्योगको प्रतिस्पर्धात्मकक्षमतामा ह्रास आउने हुँदा सरोकारवालाले तुरुन्त आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।

अहिले बजारमा छोटो अवधीको मुद्दत्ती निक्षेपमा ब्याजदर बढाबड भएको छर्लङगै देखिएको भन्दै परिसंघले यस्तो निक्षेपमा १२ प्रतिशतसम्मब्याजदर दिएको तर समग्र निक्षेपको ब्याजदरमा भने बृद्धि नभएकोमा असन्तुष्टी जनाएको छ ।

परिसंघले समस्या हल गर्नको लागि सरकार र राष्ट्र बैंकलाई उचित कदम चाल्न सुझाव दिएको छ । यसभन्दा अगाडि परिसंघले कर्जा प्रवाह बढाउनको लागि तत्काल कर्जा पुँजी निक्षेप अनुपात(सीसीडी रेसियो) ८० प्रतिशतबाट बढाउन माग गरेको थियो ।

केही दिन अगाडि उप प्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर विकास खर्च बढाउन सुझाव दिएको थियो ।


क्लिकमान्डु