२५ करोड रुपैयाँले नाफा बढाउँदै टेलिकमले कमायो करिब ८ अर्ब



काठमाडौं । अघिल्लो वर्षको तुलनामा २५ करोड रुपैयाँले नाफा बढाउँदै नेपाल टेलिकमलले पुस मसान्तसम्ममा ७ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको छ ।  अघिल्लो वर्षको पुस मसान्तमा टेलिकमको नाफा ७ अर्ब २५ करोड रुपैयाँ थियो ।

सरकारी लगानीको दुरसंचार सेवा प्रदायक कम्पनी टेलिकमले सेवा बिक्रीबाट २० अर्ब ६४ करोड कमाएको छ भने अन्य आम्दानीबाट ८३ करोड रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको पुस मसान्तमा सेवा बिक्रीबाट १९ अर्ब ३२ करोड रुपैयाँ कमाएको थियो ।

१५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रति सेयर आम्दानी(इपीएस) समेत बढेको छ । अघिल्लो वर्ष ९६.७५ रुपैयाँ रहेको इपिएस यो वर्ष एक सय ५ रुपैयाँ ५८ पैसा पुगेको छ । टेलिकमले ६ महिनामा नाफामा आयकर मात्र २ अर्ब ८२ करोड रुपैयाँ तिरेको छ ।


क्लिकमान्डु