नेपाल लाइफको एफपिओ पर्नेले पाउने भए बोनस सेयर



काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सको बोनस सेयर थप सेयर निष्कासन(एफपिओ) पर्नेले पनि पाउने भएका छन् ।

कम्पनीले एफपिओ बाँडफाँडपछि हुने चुक्ता पुँजीमा २६.३१ प्रतिशत बोनस सेयरको घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले एफपिओ मार्फत सेयर पाउनेले बोनस सेयर पाउने जानकारी दिए ।

कम्पनीको संचालक समितिले घोषणा गरेको बोनस सेयरको प्रस्ताव स्टक एक्सचेन्जमा जानकारी गराएको छ ।


क्लिकमान्डु