कोका–कोला मोःमोत्सव शुरु, मध्य मार्चसम्म चल्ने



काठमाडौं । कोका–कोला मोःमोत्सव  शुरु भएको छ ।  कोका–कोलाले नेपालका प्रमुख चेन रेष्टुरेन्टहरु तथा भोजनालय हरु सँगको सहकार्यमा अनुपम ‘कोका–कोला मोःमोत्सव’गत वर्ष देखि आयोजना गर्दै आएको छ ।

यस बर्षको मोःमोत्सव महोत्सव शुरु भएको छ । यो मध्य मार्चसम्म आयोजना हुनेछ । यो अभियानको एक भागको रुपमा, चर्चित कलाकार तथा खानाको पारखि प्रियंका कार्की र नेपालको राष्ट्रिय फुटबल टिमका खेलाडीहरुका साथमा विभिन्न आउटलेटहरु भ्रमण गर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

मोःमोत्सव अभियानमा मोःमो खाने विशेष प्रतिस्पर्धा पनि राखिएको छ,जसको लागि फुटबल खेलाडी जसले यो प्रतिस्पर्धामा जित्न सक्दछ जस्तो लाग्दछ त्यसलाई आफूले समर्थन गर्न सकिनेछ ।

मोःमोत्सवको अवधिमा नायिका प्रियंका कार्कीले महत्वपूर्ण व्यक्तिलाई आफ्नो भावना फरक तरिकाले दर्शाउनका लागि तपाईँलाई सहयोग गर्नेछिन् ।

कार्यक्रमको जानकारी लिनको लागि कोका–कोलाको आधिकारिक फेसबुक पेज पनि फलो गर्न सकिने र ग्राहकहरुले कोका–कोला र मोःमो संग आफ्नो सेल्फि खिचि #Cokeandmomo का साथ @CocaCola ट्यागगरी फेसबुकमा पोस्ट गर्न सक्ने छन् ।


क्लिकमान्डु