बाबुआमाको हेरचाह नगरे तलब कट्टा



आसाम । भारतको असाम राज्य सरकारले कर्मचारीले बाबुआमाको हेरचाह नगरे तलब कट्टा गर्ने प्रस्ताव गरेको छ । राज्य सरकारले कर्मचारीको तलबसँग उनीहरुको बृद्ध बाबुआमाको हेरचाहको कुरा पनि जोड्न लागेको हो ।

कर्मचारीले बुढेसकालमा रहेका आफ्ना आमाबाबुको राम्रो हेरचाह गरुन भनेर यस्तो प्रस्ताव अगाडि सारेको हो ।
२ हजार ३ सय ४९ करोड भारतीय रुपैयाको ‘बजेट डेफिसिट’ सार्वजनिक गर्दै बित्त मन्त्री हिमन्त बिश्व शर्माले प्रत्येक सरकारी कर्मचारीले आफ्नो आमाबाबुको राम्रो हेरचाह गर्नुपर्ने बताएका छन् ।

‘यदि उनीहरुले नगरेमा सरकारले तलबबाट रकम कट्टा गरी उपेक्षा गरिएका आमाबाबुलाई दिनेछ । बृद्ध बाबुआमाको हेरचाह गर्नु सबैको दायित्व हो , यदि सरकारी कर्मचारी छोराछोरीले गर्न सकेनन् भने उनीहरुको तलबबाट त्यो सरकारको दायित्व हुन्छ’ मन्त्री शर्माले भने ।

सरकारले आफ्ना ५ लाख कर्मचारीलाई बार्षिक रुपमा खादि र हातले बुनेको कपडा दिने प्रस्ताव समेत गरेको छ । ऐजेन्सी


क्लिकमान्डु