मन्त्रीले सिफारिस रोक्दा वाइडबडी जहाज खरिद प्रक्रिया नै अन्योलमा




काठमाडौं । नेपाल वायुसेवा निगमको खरिद गर्न लागेको एयरबस ३३०–२०० सिरिजको दुई थान वाईडबडी जहाजको बैना रकम पठाउने प्रक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवन बहादुर शाहीले अवरोधका कारण रोकिएको छ ।

मन्त्रालयले अमेरिकी डलर सटही सुबिधाको लागि नेपाल राष्ट्र बैंकलाई सिफारिस गर्नुपर्ने र मन्त्री शाहीले त्यसो गर्न ढिलाइ गरेका कारण जहाज खरिद प्रक्रिया नै अन्योलमा पर्ने सम्भाबना बढेको छ ।

‘माघ २८ सम्ममा बैना रकम पठाइसक्छौं भनेर अमेरिकी कम्पनीलाई बचन दिएका थियौं, संचालक समितिले सोही प्रकारको निर्णय गरेर मन्त्रालयसँग सटही सुबिधा सिफारिसको माग भएको थियो, तर मन्त्रालयबाट सिफारिस नआउँदा बैना पठाउन सकिएन,’ निगम स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

बैना रकम पठाउन मन्त्री शाहीले अवरोध गर्दा अमेरिकी लिजिङ कम्पनी एएआर कर्पोरेसनलाई १० लाख अमेरिकन डलर (अर्थात १० करोड ८० लाख रुपैयाँ) बैना स्वरुप रकम पठाउन निगमले सकेको छैन ।

नियगम संचालक समितिले बैना रकम पठाउने निर्णय गरेर मन्त्रालयलाई डलर सटही सुबिधाको सिफारिस गरिदिन अनुरोध गरिएको भएपनि मन्त्री शाहीको अबरोधका कारण सिफारिस हुन नसकेको निगम स्रोतले जानकारी दियो ।

‘माघ २८ सम्ममा बैना रकम पठाइसक्छौं भनेर अमेरिकी कम्पनीलाई बचन दिएका थियौं, संचालक समितिले सोही प्रकारको निर्णय गरेर मन्त्रालयसँग सटही सुबिधा सिफारिसको माग भएको थियो, तर मन्त्रालयबाट सिफारिस नआउँदा बैना पठाउन सकिएन,’ निगम स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

कम्पनीलाई दुई साता अगाडीनै रकम पठाउनको लागि निर्णय गर्दै स्विकृतको लागि निगम संचालक समितिले मन्त्रालय पठाएको थियो । मन्त्रालयका सहसचिबले सिफारिस गर्दा हुने भएपनि मन्त्री शाहीले चासो देखाउदै फाइल मागेर आफैसँग राखेपछि प्रक्रिया रोकिएको मन्त्रालय स्रोतको दाबी छ ।

‘सहसचिबले नै सिफारिस गरेर पठाएको भएपनि हुन्थ्यो, मन्त्रीज्यूले चासो देखाउदै फाइल मगाउनु भयो, अहिले फाइल उहाँकैका छ, यसैकारण सिफारिस ढिला भएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।

मन्त्रालयले स्विकृत दिएपछि राष्ट्र बैंकमा अनुमती माग्न जाने निगम व्यवस्थापनको तयारी थियो । अमेरिकी कम्पनीसँग भएको सैद्धान्तिक समझदारी अनुसार एयरबस ३३०–२०० सिरिजको दुई थान वाईडबडी जहाज खरिद लागि १० लाख अमेरिकन डलर रकम पठाउने सहमती भएको छ । एकसाता अगाडीनै पठाउनु पर्ने रकम मन्त्रीका कारण रोकिएको छ ।

‘सहसचिवले निर्णय गरे हुने फाइल एक्कासी मन्त्रीले मगाएर राखेका छन, कारण बुझिएको छैन,’ स्रोतले भन्यो । मन्त्रीले लामो समय बैना रकमको फाइल रोकेपछि अमेरिकी कम्पनीले प्रक्रिया रद्द पनि गर्न सक्ने स्रोतको दावी छ ।

निगमले भने एक महिना भित्र कम्पनीसँग जहाज खरिद सम्झौता गर्ने घोषणा गरेको छ । तर बैना रकम नपठाएसम्म खरिद सम्झौताको कुनै पनि तयारी अगाडी बढ्ने छैन । जसका कारण जहाज आउने समय लम्बिन सक्ने निगमका एक उच्च अधिकारी बताउँछन । निगमले एक महिना अगाडी अमेरिकी कम्पनीसँग जहाज खरिद गर्ने निर्णय गरेको थियो ।

निगमले जहाजका लागि आह्वान गरेको ग्लोवल टेन्डरमा अमेरिकी कम्पनीले ब्रान्ड न्यू जहाज नै दिने गरी प्रस्ताव गरेको थियो । जुन टेन्डरमा सहभागी ११ कम्पनी मध्ये सवैभन्दा सस्तो समेत दिने प्रस्ताव गरेको निगमको भनाइ छ । सोही प्रस्ताबलाई आधार मानेर निगमले गठन गरेको प्राविधिक सिफारिस समितिले निगम संचालक समितिलाई अमेरिकी कम्पनीको नाम एक महिना अगाडीनै सिफारिस गरेको थियो । निगम व्यवस्थापनले प्राविधिक विभागका प्रमुख आरबी शाहको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।

निगमलाई २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा दुईवटा जहाज दिने प्रस्ताव कर्पोरेशनले पेश गरेको थियो । कम्पनीले समझदारी पत्रमा १६ महिना भित्रमा दुई जहाज उपलव्ध गराउन सहमत भएको छ । निगमको समय तालिका अनुसार पहिलो जहाज २०७४ असोज भित्रै काठमाडौं आउने छ । दोस्रो २०७४ को चैत भित्रै जहाज काठमाडौं आउने छ ।

निगमले खरिद गर्ने जहाजमा ४० देखि ६० इन्च फराकिलो १२ देखि १८ सिट विजनेश क्लास, ३० देखि ३६ इन्च फराकिलो इकोनोमी क्लास गरी २८० सिट हुनेछन । निगमले दक्षिण कोरिया, जापान, अष्ट्रेलिया लन्डन जस्ता गन्तव्यमा उडान गर्ने योजना बनाइरहेको छ । जसमा निगमले उडान गन्तव्यहरु तय गर्नको लागि कार्यसमेत सुरु गरिसकेको छ ।


क्लिकमान्डु