साढे ४ करोडको लगानीमा लाजिम्पाटमा ‘सम्पदा गार्डेन रिसोट संचालनमा



काठमाडौँ, २९ माघ । लाजिम्पाटमा शान्त र सुन्दर वातावरणमा सुविधासम्पन्न ‘सम्पदा गार्डेन रिसोर्ट’ खुलेको छ ।

सम्पदा ग्रुपको रु चार करोड ५० लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याइएको हो । कुल ५.५ रोपनी क्षेत्रफलमा निर्माण गरिएको उक्त रिसोर्टमा दुईवटा आकर्षक भवन छन् भने फराकिलो ठाउँमा सुन्दर बगैँचा र शान्त वातावरणमा पर्यटकले आनन्द लिन सक्नेछन् ।

स्तरीय स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी खोलिएको रिसोर्टमा २० वटा डिलक्स रुम छन् ती सबै रुममा घामको प्रकाश पुग्न सक्छ । ग्राहकको स्वादअनुसार नेपाली, इन्डियन, चाइनिज, इटालियन कन्टिनेन्टल परिकार पनि पाइन्छ ।

पर्यटनमा लामो अनुभव सङ्गालेका पाँचजना व्यवसायीको लगानीमा रिसोर्ट सञ्चालनमा आएको हो ।

रिसोर्टका महाप्रबन्धक नरेन्द्र मल्लले व्यापार मात्र नभई पर्यटकलाई बेग्लै आतिथ्य सत्कारका साथ गुणस्तरीय सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालन गरिएको बताए ।

ग्राहकको सन्तुष्टिका लागि छिट्टै ‘हेल्थ क्लब’ सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

रिसोर्टका प्रबन्ध निर्देशक आरबी अधिकारीका अनुसार पर्याप्त पार्किङ र पारिवारिक वातावरणको रिसोर्टमा नेपालीका लागि न्यूनतम रु चार हजार र विदेशीलाई रु नौ हजार खर्चनुपर्नेछ, उद्घाटनको अवसरमा सबै सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । रासस


क्लिकमान्डु