राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पाण्डे सुर्या लाइफको नयाँ सिइओ



काठमाडौं । सुर्या लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त भएका छन् ।

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका पाण्डेलाई सुर्या लाइफले चार वर्षसम्मको लागि सिइओमा नियुक्त गरेको हो ।

कम्पनीको आइतवार बसेको संचालक समितिको बैठकले फागुन २ देखि लागु हुनेगरी पाण्डेलाई सिइओमा नियुक्त गरेको हो । चाटर्ड एकाउन्टेन्स समेत रहेका पाण्डे राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागको प्रमुख थिए ।


क्लिकमान्डु