चन्दलाई आइजीपी बनाउने निर्णय कार्यान्वयन नगर्न सर्बोच्चको अन्तरिम आदेश



काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रहरी प्रमुख बनाएको बधाई लिन नपाउदै जयबहादुर चन्दलाई सर्वोच्चबाट झड्का लागेको छ ।

सर्वोच्च अदालतकी प्रधान न्यायधिश शुसीला कार्कीले इजलाशले प्रहरी प्रमुख नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकी छन् ।

तेस्रो बरियतामा रहेका चन्दलाई प्रहरीको आइजीपी बनाउन लागेको भन्दै सर्बोच्चमा रिट दायर भएको थियो । मन्त्रिपरिषद्को बैठक बिहान ९ बजे बसेर चन्दलाई आइजीपी बनाएपनि सर्बोच्चले निर्णय रोकेको छ ।

सर्बोच्च अदालतले आइजीपीको लाइनमा रहेका अन्य डिआईजीको कार्य सम्पादन सम्बन्धी फाइल मगाउने निर्णय गरेको छ । प्रहरी प्रमुखका लागि पहिलो बरियतामा डिआईजी नवराज सिलवाल तथा दोस्रो नम्बरमा प्रकाश अर्याल थिए । तेस्रो नम्बरमा भएपनि कांग्रेस सभापति शेरबहादुर देउवाको दवावमा चन्द प्रहरी प्रमुखमा नियुक्त भएका थिए ।

यस्तै पहिलो नम्बरमा रहेरपनि आइजीपीमा बढुवा नगरेको भन्दै डिआईजी नवराज सिलवालले पनि मन्त्रिपरिषद्को निर्णय बिरुद्ध सर्बोच्चमा रिट दर्ता गरेका छन् । उनको रिटमा सोमवार सुनुवाई हुने छ ।

योपनि पढ्नुहोस् : प्रहरी प्रमुखमा तेस्रो बरियताका चन्द नियुक्त


क्लिकमान्डु