कृषि व्यवसाय बुट क्याम्प सञ्चालन हुने



काठमाडौँ, १ फागुन । कृषि व्यवसाय उद्यमशीलता र आधुनिकीकरणको प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल अन्त्रेप्रेनर्स हवले फागुन र चैतमा कृषि व्यवसाय बुट क्याम्प २०७३ आयोजना गर्ने भएको छ ।

काठमाडौँमा आज आयोजित पत्रकार भेटघाटमा संस्थाका प्रतिनिधि रवि फुयालले व्यवसायलाई विस्तार गर्ने र सिर्जनात्मक विचारलाई बजारसम्म पु¥याउने अभिप्रायले काठमाडौँमा सो क्याम्प आयोजना गर्न लागेको बताएनुभयो ।

बुट क्याम्प कृषि व्यवसायमा संलग्न व्यवसायी एवम् व्यवसायतर्फ आकर्षित उद्यमीका लागि साताव्यापी तालिम र मार्गनिर्देश गर्ने कार्यक्रम हो । कार्यक्रममा उद्यमीमाझ विशेष छलफल, भेटघाट कार्यशाला गोष्ठी, तालिम र मार्गनिर्देशको व्यवस्था गरिने भएको छ ।

आयोजक हवले प्राप्त निवेदन छनोट गरी सो बुट क्यम्पमा सरिक गराउन आधुनिक र बहुपन ढाँचामा आधारित विधि प्रयोग गर्ने भएको छ । हाल सञ्चालनमा रहेका कृषि व्यवसायमध्ये २० उत्कृष्ट परियोजनालाई अन्तर्वार्ता र मूल्याङ्कनबाट बुट क्याम्पका लागि छनौट गरिने छ

साना तथा मझौला व्यवसायलाई हुर्काउन लगानीको सहजीकरण र जीवन्त उद्यमशीलता वातावरणका लागि योगदान दिन, सिकारु समुदायलाई सहयोग गर्ने उदेश्यले आयोजित उक्त कार्यक्रमलाई विश्व बैंक समूहले सघाउने भएको छ ।


क्लिकमान्डु