कुलप्याड नेपाली बजारमा, कुल वानकाे मुल्य ३० हजार ९ सय ९६ रुपैयाँ



काठमाडौं । कुलप्याड माेबाइल ब्राण्ड नेपाली बजारमा भित्रिएको छ । नेपाली स्मार्टफोन प्रयोगकर्तालाई नौलो स्वादको रुपमा चीनीयाँ मोबाइल कुलप्याड नेपाली बजारमा भित्रिएको छ ।

एक विशेष कार्यक्रम मार्फत कुलप्याडको कुल वान स्मार्टफोन नेपालमा सार्वजनिक गरिएको हो । यसका साथै कम्पनीले नाेट थ्रीएस मेगा ३ऽ मेगा २‍५ डी पनि सार्वजनिक गर्याे ।

कुल वान स्मार्टफोनको मूल्य ३० हजार ९ सय ९६ रुपैयाँ रहेको छ ।

कुलप्याडको लागी नेपाली अाधिकारिक बितरक जयमाँ इन्टरकन्टिनेन्टल प्रालि रहेको छ ।

५.५ इन्च भएको यो स्मार्टफोनमा फूलएचडी डिस्प्ले रहेको छ भने एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनमा संचालन हुन्छ । क्वालकम स्न्यापड्रागन ६५२ अक्टा कोर प्रोसेसर राखिएको यो स्मार्टफोनमा ४ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

यो फोनको अर्को विशेषता भनेको यसमा फोरजी एलटिई ड्यूल नानो सिम सपोर्ट गर्दछ भने ड्यूल स्ट्याण्डबाइ सिस्टम रहेको छ ।

यसमा ४,००० एमएएचको ब्याट्री प्याक राखिएको छ जसले १२ घण्टासम्मको टकटाइम दिने कम्पनीको दाबी छ ।

१३ मेगापिक्सेलकाे ड्यूल रियर क्यामरा भएको फोनले नेपाली स्मार्टफोन प्रयोगकर्तालाई सन्तुष्टी दिने कुलप्याडका ग्लोबल सीइओ जेम्स डुले बताए ।

कुलप्याडले ग्राहकहरुलाई उत्कृष्ट सेवा र अनुभव प्रदान गर्ने जयमाँ इन्टकन्टिनेन्टलका अध्यक्ष गणेश बहादुर श्रेष्ठले दाबी गरे ।


क्लिकमान्डु