सामान्य अंकले घट्यो नेप्से परिसुचक



काठमाडौं । सोमबार २६ अंकले बढेको नेप्से परिसूचक मंगलबार ४.०१ अंकले घटेर १२७४.९७ मा बन्द भएको छ ।

साताको कारोबारको पहिलो दिन नेप्से ४४ अंकले घटेपछि हिजो लगानीकर्ता सेयर किन्न आएका थिए । हिजो परिसुचक २६ अंकले बढेपछि आज लगानीकर्ताहरु सेयर बेच्न हतारिएका छन् ।

कारोबार रकम पनि हिजोको ५० करोडको तुलनामा करिब १० करोडले घटि ४० करोडमा सिमित भएको छ ।

थोरै बढ्दा बेच्न हतारिने अनि केहि अंक घट्दा किन्न आइहाल्ने प्रबृत्ति बजारमा देखापरेको छ । यसले लगानीकर्ता अहिले दोहोरो मानसिकतामा रहेको देखाउँछ । साथै, लगानीकर्तामा आत्मबिश्वासको पनि कमी रहेको पुष्टि गर्छ ।

नेपाल स्टक ऐक्सचेन्ज (नेप्से) ले दिएको जानकारी अनुसार आज १३७ कम्पनीको १० लाख ११ हजार ६ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।

‘क’ बर्गका कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स १.१५ अंकले घटेर २७६.५९ मा समेटिएको छ ।

आज होटल र बिकास बैंक बाहेकका सबै उपसूचकहरु घटेका छन् । होटलले ३३.५४ अंकको छलाङ मारेको छ भने बिकास बैंक २.३८ अंकले उक्लिएको छ ।

बैंक १.६५ अंकले घटेको छ । हाइड्रो र इन्स्योरेन्स क्रमशः २७.१६ र ९३.४९ अंकले घटेका छन्

आज प्रभु बैंकको सबैभन्दा बढि २ करोड ७२ लाख रुपैंयाँको कारोबार भयो भने प्रभुलाई पछ्याउँदै नेपाल बंगलादेश बैंकको २ करोड ४ लाख ७६ हजार रुपैंयाँको कारोबार भयो ।

आज कालीका माइक्रोक्रेडिट, सगरमाथा इन्स्योरेन्स र वोमी काइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढि १० प्रतिशतले कमाएका छन् । त्यस्तै, दिब्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढि १० प्रतिशतले गुमाएका छन् ।

त्यस्तै नागबेली लघुबित्त र यूनाइटेड इन्स्योरेन्सको मूल्य क्रमशः ९ र ८ प्रतिशतले ओर्लेको छ ।


क्लिकमान्डु