एशियन लाइफले २० प्रतिशत बोनस सेयर दिने, बोनस वितरणपछि २ बराबर १ कित्ता हकप्रद पनि




काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको फागुन ४ गतेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै कम्पनीले १.०५ प्रतिशत नगद लाभांश पनि दिने भएको छ । कम्पनीको संचालक समिति बैठकले गरेको निर्णय नेपाल स्टक एक्सचेन्जलाई दिइएको छ ।

यस्तै कम्पनीले बोनस सेयर वितरण पछि २ बराबर १ कित्तको दरले हकप्रद सेयर पनि निस्कासन गर्ने भएको छ । कम्पनी संचालक समितिको यस्तो निर्णय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुनेछ ।


क्लिकमान्डु