भार्गव विकास बैंकको हकप्रद फागुन २४ देखि



काठमाडौं । भार्गव विकास बैंकले दिने भएको शतप्रतिशत हकप्रद सेयर आगामी फागुन २४ गतेदेखि विक्री खुल्ला हुने भएको छ ।

बैंकले १२ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको छ । बैंकको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । १२ फागुन भन्दा अघि सेयर स्वामित्व रहेका सेयर धनीहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

हकप्रद भर्ने सेयरधनीले भार्गव विकास बैंकका शाखा कार्यालयहरु मार्फत सेयर किन्न सक्ने ब्यवस्था गरिएको छ । यस्तै एनएमबी बैंकका विभिन्न शाखा र एनएमबी क्यापिटल मार्फत पनि सेयर भर्न सक्ने छन् ।

अहिले बैंकको चुक्ता पूँजी १२ करोड रुपैयाँ छ । सेयरधनीले २८ चैतसम्ममा हकप्रद सेयर भर्न सक्ने बैंकले बताएको छ ।


पुष्प दुलाल