हम्मरभन्दा महगो ट्याक्टर, मूल्य डेढ १ करोड भारुभन्दा बढी



काठमाडौं । भारत पुरै घुमे बिश्व घुम्नै पर्दैन भन्ने भनाई संसारभर प्रख्यात छ । भारतमा हरेक क्षेत्रमा चरम बिन्दु फेला पर्छन् । भारतीय किसानले थोरै ऋण तिर्न नसकेर र खेती किसानीबाट घरपरिवार पाल्न नसकेर आत्महत्या गरेको खबर भारतीय मिडियामा आइरहेका हुन्छन् ।

तर, त्यही भारतमा बिलासी र अत्यन्तै महङ्गो हम्मरको एसयूभी गाडीभन्दा पनि महङ्गो ट्याक्टरले किसानले खेत जोत्छन् भन्ने सुन्दा अचम्म लाग्ला । तर, भयो त्यस्तै ।

भारतमा डेढ करोड भारतीय रुपैयाँ भन्दा धेरै मुल्यको ट्याक्टर आएको छ । केस आइएच ओप्टन कम्पनीले (२७० सिभिएक्स) मोडलको ट्याक्टर बनाएको हो । कम्पनीले यो ट्याकटलाई लक्जरी ट्याक्टरको रुपमा भारतीय बजारमा बिक्रीका लागि ल्याएको छ ।

यो ट्याक्टर १८.८ फिट अग्लो र यसको तौल १०५०० किलोग्राम छ । ट्याक्टर इन्जिन २१०० आरपिएममा २७१ हर्स पावर शक्ति निकाल्छ । यसले ११ हजार किलो तौल उठाउन सक्छ र स्पीड ५० किमी प्रति घण्टा छ । डुअल क्लच गियर सेटका साथै शक्तिशाली ६.७ लिटर टर्बो डिजल इंन्जिन जोडिएको छ । साथै ६ सिलेंडर इंन्जिन र ४ स्टेट कन्टिन्युअसली वेरिएबल ट्रांसमिशन छ ।

ट्याक्टरको मुल्य लगभग १ करोड ६८ लाख रुपैयाँ राखिएको छ । भारतमा बिक्री भइरहेका लग्जरी कारभन्दा पनि यसको मुल्य धेरै छ । भारतमा एउटा शान्दार हम्मर ब्राण्डको कारको मुल्य सामान्यता ७५ देखि ८० लाख रुपैयाँ पर्ने गरेको छ ।


क्लिकमान्डु