म्यानको अध्यक्षमा शुसील भट्ट निर्वाचित



काठमाडौं । नेपाल व्यवस्थापन संघ(म्यान)को अध्यक्षमा शुसील भट्ट चयन भएका छन् ।

नेपाल व्यवस्थापन संघको १८औं प्रवन्ध समितिका पदाधिकारीहरुको निर्वाचन बुधबार काठमाडौंमा सम्पन्न भएको थियो । निर्वाचनले भट्टलाई अध्यक्षमा चयन गरेको हो । यस्तै राजेन्द्र पण्डित प्रथम उपसभापति, ध्रुब भट्टराई द्वितीय उपसभापति, मोहनराज ओझा महासचिव र दिलीपराज पौडेल कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

माघ २८ मा भएको १८ औ प्रवन्ध समितिको निर्वाचनबाट सदस्य चुनिएका थिए । चुनिएका सदस्यले पदाधिकारीलाई निर्वाचित गरेको हो । निर्वाचनमा सस्थागत सदस्यको तर्फबाट राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको प्रतिनिधित्व किरण कुमार श्रेष्ठ, सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडबाट अजयकुमार मिश्र, नेपाल राष्ट्र बैंकबाट राजेन्द्र पण्डित, नागरिक लगानी कोषबाट रामकृष्ण पोखरेल, नेपाल टेलिकमबाट प्रदिपराज उपाध्याय र कर्मचारी सञ्चय कोषबाट ध्रुब भट्टराई विजयी भएका थिए ।

यस्तै आजिवन तथा साधरण सदस्यबाट डा शुसीलकुमार भट्ट चुनिएका थिए ।  त्यसैगरी आजिवन तथा साधारण सदस्यको प्रतिनिधित्व गर्दै डा. सुशिलकुमार पन्त, डा. विनोद आत्रेय, इन्जिनिय सुशिल भट्ट, जनिशा भट्टराई, प्रा.डा. फत्तबहादुर के.सी, सुशिलकुमार अर्याल, प्रा.डा. विष्णु खनाल, डा. राजन थापा, दिलीपराज पौडेल, प्रा.डा. सतीशकुमार ओझा, मोहनराज ओझा निर्वाचित भएका थिए ।


क्लिकमान्डु