बैंक अफ काठमाडौ लुम्बिनीको २३ प्रतिशत बोनस र एफपिओ आउने



काठमाडौं :  बैंक अफ काठमाडौं लुम्बिनी(बिओकेएल) पुन बैंक अफ काठमाडौं (बिओके) बन्ने भएको छ । बैंकको संचालक समितिको बैठकले साधारणसभामा पुरानो नाम बिओके राख्ने प्रस्ताव गरेको छ । लुम्बिनी बैंकसँग मर्र्ज भएपछि बैंकले नाम परिवर्तन गरेर बैंक अफ काठमाडौं लुम्बिनी राखेको थियो ।

संचालक समितिले २३ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्दै ६२ लाख ८ हजार १ सय १३२ कित्ता थप सार्वजनिक निष्कासन(एफपिओ) जारी गर्ने निर्णय गरेको छ । बैंकले आगामी चैत ३ मा साधारणसभा गर्नको लागि फागुन १५ देखि चैत ३ सम्म सेयर कारोवारको लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु