राष्ट्रपतिलाई घुस दिएको आरोपमा सामसंगका उपाध्यक्ष पक्राउ



कोरिया । सामसंग ग्रुपका उपाध्यक्ष जे वाई ली पक्राउ परेका छन् । उनलाई दक्षिण कोरियाली राष्ट्रिपतिलाई घुस दिएको आरोपमा पक्राउ गरिएको हो ।

शुक्रबार ४८ वर्षिय लीलाई अदालतको सुनवाई लगतै पक्राउ गरिएको थियो । सुनवाई अदालतमा १० घण्टासम्म चलेको थियो ।

लीले दक्षिण कोरियाली राष्ट्रिपति पार्क ग्यून हेईलाई ३६ मिलियन अमेरिकी डलर घुस दिने कोशिस गरेका थिए । आरोप अनुसार लीलाई दुई कम्पनी मर्ज गर्नका निम्ती राष्ट्रिपतिको समर्थन चाहिएको थियो ।

राष्ट्रपतिमाथि महाअभियोग
यस घटनाका कारण राष्ट्रिपति पार्क ग्यून हेई माथि महाअभियोग लगाएको छ । सामसंगका प्रवक्ताका अनुसार यस घटनाको बारेमा फैसला भएको छैन, उनी गिरफ्तार भएका हुन् र उनको जमानत हुन्छ ।

अदालतले केहि समय पहिले लीलाई गिरफ्तार गर्न सवुत भएको बताएको थियो ।


क्लिकमान्डु