उच्च आयातको कारण चालु खाता घाटामा, रेमिटेन्स बृद्धिदर घट्यो



काठमाडौं । अत्याधिक आयातको कारण नेपालको चालु खाता घाटामा गएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको तथ्यांकले चालु खाता १ अर्ब ८ करोड रुपैयाँले घाटामा गएको छ । अघिल्लो वर्षको पुस मसान्तमा चालु खाता १ खर्ब ५७ अर्ब रुपैयाँले बचतमा थियो । यस्तै शोधनान्तर बचतपनि अघिल्लो वर्षको तुलनामा घटेको छ । अघिल्लो वर्षको पुस मसान्तमा १ खर्ब ३९ अर्ब रुपैयाँले बचतमा रहेको शोधानान्तर यो वर्षको पुस मसान्तमा ४५ अर्ब २ करोड रुपैयाँले बचतमा छ ।

६ महिनामा मात्र ४ खर्ब ६४ अर्ब रुपैयाँको बस्तु आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यस्तो आयात ६७ प्रतिशतले बढी हो । गाडी त्यसको पाटपुर्जा तथा पेट्रोलियम पदार्थको आयातको कारण बस्तु आयात बढेको हो । ६ महिनामा जम्मा ३६ अर्ब रुपैयाँको निर्यात भएको छ ।

नेपालको अर्थतन्त्रमा अमृतको रुपमा लिइने रेमिटेन्सको बृद्धिदर अघिल्लो वर्षको तुलनामा घटेको छ । यो वर्ष रेमिटेन्सको बृद्धिदर ५.७ प्रतिशतले बढेर ३ खर्ब ४२ अर्ब रुपैयाँ आएको छ । अघिल्लो वर्ष यस्तो बृद्धिदर १७ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु