हिम इलेक्ट्रोनिक्स्ले बजारमा ल्यायो ग्यालेन्ज एसी



काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले एयर कन्डिस्नरको नयाँ किफायती मोडल ‘ग्यालेन्ज’ बजारमा ल्याएको छ ।

ग्यालेन्ज एसि अझ प्रभावशाली हुनुका साथै यसमा सुपर कुलिङ, एयर क्लिनिङ तथा इनर्जि सेभिङ जस्ता विशेषता छन् । ग्यालेन्ज एसिमा प्रयोग हुने जापानी कम्प्रेसरले थोरै विद्युत खपत गरी ध्वनी पनि कम राख्ने कम्पनीले जनाएको छ । हालै यसका चार मोडलहरु बजारमा ल्याइएका छन् । एसिहरु १२ महिने वारेन्टीका साथ उपलब्ध रहेका छन् ।

सेप्टेम्बर २८, १९७८ मा स्थापना भएको ग्योलेन्ज ग्रुप एक विश्वस्तरीय विद्युतीय सामाग्री ब्राण्ड रहेको छ ।


क्लिकमान्डु