पहाडी नेपाल वायु सेवाको बोर्ड सदस्य नियुक्त



काठमाडौं । सरकारले झण्डै ३० वर्षदेखि नेपालको वायु सेवामा अनुभव बटुलेका अच्युतराज पहाडीलाई नेपाल वायु सेवा निगमको संचालक समिति सदस्यमा मनोनित गरेको छ ।

लामो समय निगमकै विभिन्न पदमा बसेर काम गरेका पहाडीलाई सस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले सदस्य मनोनयन गरेको हो । यस अघि निगमकै इन्जिनियरिङ विभागका निर्देशक रहेका पहाडी एक महिना अघि मात्रै अवकाश भएका हुन्।उनलाई नेपाल सरकारले चार बर्षको लागि वोर्ड सदस्यमा नियुक्त गरेको हो ।


क्लिकमान्डु