ट्याबलेट बजारमा एप्पल अग्रस्थानमा



काठमाडौं । सन् २०१६ मा ट्याबलेटको विश्व बजारमा एप्पल अग्रस्थानमा रहेको छ । एप्पलले गत वर्षमा २७ प्रतिशत ट्याबलेटको विश्व बजार हिस्सा ओगटेको छ । कम्पनीले सो वर्षमा अघिल्लो वर्षको तुलनामा १४.१ प्रतिशतले बढि हो । कम्पनीले सन् २०१६ मा मात्रै ४२.५५ मिलियन आइप्याड बिक्री गरेको थियो ।

त्यसैगरी एप्पलपछि ट्याबलेटको बजारमा सामसंग दोस्रो स्थानमा रहेको छ । सामसंगले ट्याबलेटको विश्व बजारमा १७ प्रतिशत हिस्सा लिएको छ । तेस्रो स्थानमा भने अमेरिकी कम्पनी अम्याजन रहेको छ, जसले ट्याबलेटको हिस्सा ७ प्रतिशत ओगटेको छ ।

ट्याबलेटको विश्व बजारमा लेनोभो ६.९ प्रतिश बजारसहित चौथो स्थानमा छ भने ह्वावे टेक्नोलोजिज् ६.२ प्रतिशतसहित पाँचौ स्थानमा तथा माइक्रोसफ्ट २.५ प्रतिशतसहित छैटौं स्थानमा रहेको छ ।

आसुटेक कम्प्यूटरले भने विश्व ट्याबलेटको बजारमा २.२ प्रतिशतको शेयर लिएको छ ।

विश्वभर सन् २०१६ मा १५.७४ मिलियन ट्याबलेटहरु बजारमा पठाईएका थिए, जून अघिल्लो वर्षको भन्दा ६.६ प्रतिशतले कम माग हो ।

ताइवानमा आधारित अनुसन्धान कम्पनी ट्रेण्डफोर्सकाअनुसार सन् २०१७मा विश्व ट्याबलेट ढुवानीमा ६.१ प्रतिशतले कमी आई केबल १४.५५ मिलियन ट्याबलेट यूनिटको माग हुने अनुमान गरिएको छ ।


क्लिकमान्डु