ऋण नतिर्नेलाई रेल र जहाज चढ्न प्रतिबन्ध



चीन । चीनले बिगत ४ बर्ष देखि ऋण नतिर्ने आफ्ना करीब ७० लाख नागरिकलाई हवाइजहाज र तिब्र गतिको रेल चढ्नबाट प्रतिबन्ध लगाएको छ ।

यो दण्ड प्रक्रिया सबै नागरिकको वित्तीय, कानुनी र सामाजीक अकृत्य संकलन गरी ‘सोसल क्रेडिट सिस्टम’ राष्ट्रब्यापी रुपमा लागु गर्ने प्रयास स्वरुप शुरु गरिएको हो । आवागमनमा प्रतिबन्ध सो प्रयासको संरचनागत तन्तुहरुको निमार्णका लगि महत्वपूर्ण हुने बिश्वास गरिएको छ ।

‘हामीले ४४ सरकारी बिभागहरुसँग कालोसुचीमा परेका नागरिकहरुलाई बिभिन्न तहमा प्रतिबन्ध लगाउने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छौं’, सर्वोच्च अदालतको कार्यकारी बिभागको प्रमुख मेङ ज्याङले बताइन् । सम्झौता पत्रमा देशका ठूला बैंक र सार्वजनीक सुरक्षा ब्यूरोलाई समेत संलग्न गरिएको छ ।

सन् २०१३ देखि सर्वोच्च अदालतले कालोसूचीमा परेर ऋण तिर्न बाँकी रहेकाहरुलाई कारवाही शुरु गरेको हो । सूचीमा भएका सबै ६७ लाख ३० हजार नागरिकलाई हवाइजहाज र तिब्र गतिको रेल चढ्न प्रतिबन्ध लगाइएको छ ।

यात्राका क्रममा चाहिने ब्यक्तिगत आइडि कार्ड नम्बर, जुन हवाइजहाज र रेलको टिकट खरिद गर्न र होटेलको कोठा बुक गर्न समेत आवश्यक पर्छ, लाई ब्लक गरेर आवागमनमा प्रतिबन्ध लगाइएको छ । सो कालोसूची सबैले सर्वोच्च अदालतको वेबसाइटमा गएर पुरा नाम र आइडि कार्ड नम्बर हालेर हेर्न सकिने बताइएको छ ।

ऋण नर्तिनुका अलावा अदालतमा झुटो बोलेमा वा आफ्नो सम्पत्ती लकाएका समेत कालोसूचीमा राखिने सर्वच्च अदालतले जनाएको छ ।

चीनीयाँ अदालतहरुले ‘ब्यक्तीगत ब्याङ्करप्टसी कानुन’ र ‘समग्र वित्तीय ऋण प्रणाली’ को अभावमा सामाजीक ऋण प्रणाली अत्यावश्यक भएको जनाएका छन् । ऐजेन्सी


क्लिकमान्डु