टाटाले ल्याउने भयो १०० किमी माइलेज दिने कार



भारत । भारतको अटोमोवाइल्स कम्पनी टाटा मोटर्सले १०० किमी माइलेज दिने हाइर्वीट कार बजारमा ल्याउने तयारीमा रहेको छ । नानो मेगापिक्सल नामको कारलाई कम्पनीले लो बजेट कार भनेको छ ।

विशेषगरी मध्यवर्गीय भारतीयहरुलाई लक्षित गरेर कार निर्माण गरिएको कम्पनीले जनाएको छ । कम्पनीले कारको आधिकारीक मुल्य सार्वजनिक गरेको छैन । तर, भारतीय मिडियाहरुले कारको मुल्य ५ देखि ६ लाख भारतीय रुपैयाँ बीच हुने बताइरहेका छन् ।

कार पेट्रोर र ब्याट्री दुवै इन्जिनबाट चल्छ । कारको ब्याट्री ३० मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ । कारको ब्याट्री चार्च गर्नका लागि गाडीलाई रोकिराख्न आवश्यक पर्दैन । गाडीमा लिथियम आयन फस्फेन ब्याट्री रहेको छ, जुन पेट्रोल इन्जिनको जेनेरेटर स्ट्रार्ट भएकसँगै गाडी चार्ज हुन्छ । पेट्रोल इन्जिन जेनेटरले अधिक न्युन मात्रामा तेल खपत गर्छ र कम पेट्रोलमा धेरै माइलेज दिन सफल हुने कम्पनीको दाबी रहेको छ ।

३२५ सिसि इन्जिन भएको कारमा एडभान्स टेक्नोलोजी प्रयोग गरिएको छ । यस कारलाई जिनेवामा भएको ८२ औं मोटर शोमा प्रदर्शनी गरिएको थियो । २०१७ को अन्त्यसम्ममा भारतीय बजारमा बिक्रीका लागि उपलब्ध गराउने कम्पनीको लक्ष्य रहेको छ । कारमा १३ किलो वाटको लिथियम ब्याट्री, १३.५ एचपिको इन्जिन जसले ५०० एनएम टोर्क जनरेट गर्छ ।

कारको लम्बाई ३५०५ एमएम, चौडाई १६७३ एमएम र उचाई १४०५ एमएम रहेको छ । ऐजेन्सी


क्लिकमान्डु