नेपालीकै लगनीमा फास्ट ट्र्याक बनाउन सुझाव



काठमाडौं । काठमाडौं तराई फास्ट ट्र्याक सरकाले बनाउनुपर्ने सुझाव सरकारले गठन गरेको समितिले दिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मिनबहादुर श्रेष्ठको संयोजकत्वमा गठन भएको फास्ट ट्र्याक निर्माणका लागि सुझाव समितिले प्रधामन्त्री पुष्पकमल दाहाललाई  आज बिहान प्रतिवेदन बुझाउदै सरकाले नै निर्माण गर्नुपर्नेमा जोड दिएको हो ।

सरकारले बढीमा ५ वर्षभित्रमा फास्ट ट्र्याक बनाउन सकिने र भारतीय कम्पनीले बनाएको विस्तृत परियोजना अध्ययन(डीपीआर)लाई स्विकार गरेर आयोजना निर्माण गर्न सकिने सुझाव दिएको हो । समितिले विकास समिति कम्पनी मोडल मध्ये एक बनाएर आयोजना निर्माण सम्पन्न गरिने सुझाव दिएको हो ।

भारतीय निर्माण कम्पनीलाई फास्ट ट्र्याक निर्माणको ठेक्का दिने तयारीको विरोध भएपछि सरकारले यसको निर्माण आफै गर्ने घोषणा गरेको थियो । १ खर्बभन्दा बढी लागत लाग्ने अनुमान गरिएको फास्ट ट्र्याकका लागि सरकारले चालु आर्थिक वर्षमा १० अर्ब बजेट विनियोजन गरेपनि खर्च भने हुन सकेको छैन ।

‘आयोजना निर्माणका लागि बजेटको अभाव हुँदैन । यसको लागि ऋणपत्रपनि जारी गर्न सकिन्छ,’ प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउँदै आयोगका उपाध्यक्ष श्रेष्ठले भने ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले समितिले दिएको सुझावको आधारमा सरकारले फास्टट्रायकको निर्माणको काम अगाडि बढाउने बताए ।

‘सुझाव समितिले दिएको आधारमा मोडलमा रहेर निर्माण प्रक्रिया अगाडि बढाउँछ । यसमा सरकारले निकै गम्भिर रुपमा लिएको छ’,प्रधानमन्त्री दाहालले प्रतिवेदन बुझ्दै भने । उनले फास्टट्रायक सिमरामा बन्ने निजगढ एअरपोर्टलाईपनि अगाडि बढाउने र काम छिटो अगाडि बढाउने बताए ।


क्लिकमान्डु