पुरुषभन्दा महिलालाई ६ गुणा बढी क्यान्सर, कसरी गर्ने न्यूनिकरण ?



काठमाडौं । सुन्दै डरलाग्दो रोग क्यान्सर महिलाका लागि चिन्ताको विषय बनेको छ । दुखको भाँडो मानिने नारीको शरिरलाई क्यान्सरले पनि पुरुषको तुलनामा ६ गुणा बढी सताउने गरेको पाइएको छ ।

क्यान्सर रिसर्ज बेलायतले गरेको एक अध्ययनअनुसार आगामी दुई दशकमा पुरुषको तुलनामा महिलामा ६ गुणा बढी क्यान्सर हुने देखिएको छ ।

तर, आगामी दिनमा महिलाहरुले अपनाउने जीवनशैली र अन्य कारणले क्यान्सर हुने वा नहुने संभावनामा प्रभाव पार्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

उता अमेरिकामा क्यान्सरको दर पुरुषमा घट्दै गएको छ, भने महिलनमा त्यस्तो देखिएको छैन । अझ पनि महिलाको तुलनामा पुरुषहरुमा क्यान्सरको संक्रमण धेरै रहेको छ, यद्यपि अहिले त्यसको अन्तर भने कम हुँदै गएको छ ।
विश्व स्वास्थ्य संघठनका अनुसार क्यान्सर लागेका १४ मध्येमा २/५ महिलाको उपचार प्रत्यक वर्ष रोक्थाम गर्न सकिन्छ । क्यान्सर रोकथामको मुख्य कारक खानपिन, धुम्रपान र संक्रमण हो । यी मध्येमा खानपिनको प्रभाव एकदमै महत्वपूर्ण हुन्छ ।

स्वास्थ्य संघठनले गरेको अनुमान अनुसार आधा लाखभन्दा बढी क्यान्सर विश्वव्यापी सीधा मोटोपना र निष्क्रियताका कारण हरेक वर्ष हुने गरेको छ । मोटोपनले क्यान्सर हुने संभावन महिला र पुरुषमा हुने अधिक संभावना रहन्छ, जस्तो मृगौला र आन्द्रा, मोटोपनाले क्यान्सर हुने संभावन महिलामा अधिक हुने देखिन्छ ।

अधिक मोटोपन भएको पुरुषमा प्रोस्टेट क्यान्सर हुने संभावना अधिक रहेको हुन्छ । तर, मोटोपना र पुरुष क्यान्सरमा कुनै सम्बन्ध रहेको छैन । यसबाट पुरुषको तुलनामा महिलामा क्यान्सरको दर छिटो गतिमा वृद्धि हुने अनुमान लगाउन सकिन्छ । अध्ययनअनुसार मोटो शरिर भएका महिलामा स्तन र पाठेघर क्यान्सरको अधिक रहने सम्भावना रहन्छ ।

क्यान्सर पिडितहरु मध्येमा धेरैको शरिरको तौल अधिक रहेको छ । मोटोपना क्यान्सर वृद्धि हुनुको एउटा प्रमुख कारण हो । बेलायतमा पाठेघर क्यान्सर हुनेहरुको संख्या सन् १९९० को सुरुवाती समयबाट दोबर दरमा वृद्धि भएको छ । यसको सम्बन्ध मोटोपनासँग रहेको छ । माटोपनका कारण शरिरमा ओइस्टोजेन हर्मोनको पैदा हुन्छ ।

अधिकास्स स्तन र पेट क्यान्सरले प्रोटीन रिसेप्टर ओइस्टोजेन पैदा गर्छन्, त्यसले क्यान्सर सेललाई अनियन्त्रित हुन्छ जब ओइस्टोजेन शरिरमा उच्चमात्रामा हुन्छ । सबै युवाहरुको शरिरमा खासमात्रामा ओइस्टोजेन रहेको हुन्छ ।
तर महिलाहरुको केशमा भने उनीहरुको शरिरमा कतिमात्रामा बोसो छ, भन्ने त्यसल ओइस्टोजेनको मात्रालाई निधारण गर्छ । अध्ययनअनुसार मोटा महिलाहरुमा स्तन क्यान्सर धेरै हुनेसम्भावना रहन्छ र उपचार गर्न पनि जटिल रहन्छ ।

रक्सी अधिक पिएमा स्तन क्यान्सर हुने खतरा अधिक रहन्छ । गत वर्ष प्रकाशित भएको रिर्पोटअनुसार महिलाहरु पुरुषको जति नै रकसी पिउने देखिएको छ । रक्सी अन्य क्यान्सरको कारक तत्वको रुपमा रहेको छ, मुख र घाँटीको क्यान्सर ।

अहिले पुरुषको तुलनामा महिला यस प्रकारको क्यान्सरबाट ग्रसित भएका छन् । महिलाले जति धेरै रक्सी पिउँछन् उनीहरुमा त्यति धेरै क्यान्सर हुने सम्भावना रहन्छ ।

धुम्रपान अर्को क्यान्सरको प्रमुख कारक तत्व हो । बेलायतमा फोक्सोको क्यान्सर दोश्रो प्रमुख क्यान्सर दुवै महिला र पुरुषमा छ । पहिला फोक्सो क्यान्सर पुरुषको तुलनामा महिलामा सामान्य मात्रामा भेटिन्थ्यो, जुन समय महिललाहरु कम मात्रामा धुम्रपान गर्थे । २०औं सताब्दीको मध्यबाट धुम्रपान गर्ने महिलाहरुको संख्यामा उलेख्निय वृद्धि भएको पाइन्छ । र, पुरुषहरुबीचमा भने धुम्रपान त्यति लोकप्रिय छैन ।

त्यसैले अहिले पुरुषमा फोक्सोको क्यान्सर कम मात्रामा रहेको छ । तर महिलामा अधिक बढेको छ । राम्रो समचार यो रहेको छ कि थोरै मानिसहरु धुम्रपान हरेक वर्ष धुम्रपान गरिरहेका छन्, त्यसैले फोक्सो क्यान्सर दुवै लिङ्गमा कमी आइरहेको छ । फोक्सो क्यान्सर विकसित हुनका लागि २० वर्ष वा सोभन्दा धेरै समय लाग्छ, यसबाट के कति प्रभाव हुन्छ त्यो देख्न केहि समय लाग्नेछ ।

संक्रमण र खोप

कर्भिकल-घाटी क्यान्सरका सुसमचार हुन सक्छ । बेलायतमा हरेक वर्ष ३ हजार कर्भिकल क्यान्सरको उपचार हुने गरेको छ । यो क्यान्सर हुमन पापिलोमा भाइरसका कारण लाग्ने गर्छ । सन् १९७० देखि यस क्यान्सरको वृद्धिमा कमी आएको छ । यसमा कमी आउनुमा कर्भिकल क्यान्सर (घाटी) स्याक्निङ प्रोग्राम माफ्त पुर्नविकसित हुनु अगावै यसलाई रोकिन्छ ।

धरै देशहरु मध्येमा बेलायतका महिलाहरु नियमितरुपमा क्यान्सर उत्पादन गर्ने भाइरस विरुध खोप लगाउने गरेका छन् । खोप कार्यक्रम मार्फत् अहिले कर्भिकल क्यान्सरमा कमी आएको छ । आशा गरौं भविष्यमा कर्मिकल क्यान्सरमा अझ धेरै कमी आउने छ ।

हामीले विर्सिनै नहुने कुरा के हो भने जुन देशमा स्क्यानिङर खोप कार्यक्रम लागु भएको छैन, त्यस देश कर्भिकल क्यान्सर युवा महिलाहरुको मुत्युको प्रमुख तत्वको रुपमा रहेको छ । हरेक वर्ष २ लाख ५० हजार महिला कर्भिकल क्यान्सरका कारण मर्ने गरेका छन् । सुरुमै पत्तालागेको खण्डमा कर्भिकल र फोक्सो क्यान्सरको उपचार हुन सक्छ ।

अहिले क्यान्सर पुरुषको तुलनामा महिलामा सामान्य बन्दै गएको छ । बदलिँदो जीवनशैलीका कारण उनीहरुमा क्यान्सरको आक्रमण अधिक हुने गरेको छ । मोटोपना र खानपिनमा परिवर्तन गरेमा क्यान्सर लाग्ने सम्भावन कम गर्न सकिन्छ । स्वास्थ्य खानपिन, धुम्रपान, मद्यपान कम गर्ने र दैनिकरुपमा व्याम गर्ने गरेर हामीले क्यान्सरको सम्भावनालाई न्युनिकरण गर्न सक्छौं ।


पुष्प दुलाल