नागरिक उड्डयनले माग्यो १ सय १७ कर्मचारी, कति हुन्छ तलब ?



काठमाडौं । नेपाल नागरिक उड्ड्यन प्राधिकरण (क्यान) मा रोजगारीको अवसर खुलेको छ । क्यानले १ सय १७ पदमा आवेदन माग गरेको छ ।

क्यानलाई स्थायी पदमा ६५ र करारका लागि ५२ कर्मचारी आवश्यक परेको हो ।

प्राधिकरणले स्थायी माग गरेको ६५ स्थायी पदमा एक इलेक्ट्रिकल इन्जिनियरिङ्ग उपनिर्देशक माग गरेको छ । त्यसैगरी, एभिएसन फायर सर्भिसेज सहायक पदका लागि ११ आवेदन माग गरेको छ ।

लिखित तथा अन्तर्वार्ताका माध्यमबाट पदपुर्ति गरिने प्राधिकरणले जनाएको छ । आवेदकहरुले सूचना प्रकाशित भएको मितिले २१ दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिन सक्ने छन् ।

एनएमबि बैंकको जुनसुकै कार्यालयमा रहेको प्राधिकरणको साता नम्बर ००१०००००९३१ एफ आवेदनकर्ताको नाम स्पष्ट उल्लेख गरी उल्लेखित शुल्कहरु जम्मा गरेको सक्कल भौचर पेस गरी प्राधिकरणको कार्यालयबाट दरखास्त फाराम प्राप्त गर्न सक्ने छन् ।

फारमका लागि १०० रुपैयाँ लाग्ने छ । परिक्षा दस्तुर तह १० का लागि १००० र ४ तहका लागि ४०० लाग्ने छ । एकभन्दा बढी समावेशी समूहमा दरखास्त पेस गर्ने उम्मेदवारले प्रत्यक थप समूहका लागि ५० प्रतिशत थप दस्तुर बुझाउनु पर्ने प्राधिकरणले जनाएको छ ।

करारमा ५२ बरिष्ठ अधिकृत

प्राधिकरणले करारमा ५२ वरिष्ठ अधिकृत माग गरेको छ । करारका लागि प्राविधिक सेवा अन्तगतको एयर ट्राफिक सर्भिससेसका लागि बरिष्ठ अधिकृत माग गरिएको हो ।

करारका लागि सूचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा आवेदन दिनु पर्ने हुन्छ । फारमका लागि १०० रुपैयाँ शुल्क तोकिएको छ । परिक्षा शुल्क ७०० रुपैयाँ छ ।

आवेदकको छनोट लिखित तथा अन्र्तर्वाताबाट गरिने प्राधिकरणले जनाएको छ । नेपाल उड्डयन प्राधिकरणको प्रधान कार्यालय, प्रशासन विभाग बबरमहलबाट तोकिएको कागजात सहित आवेदन दिन सक्नेछन् ।

अधिकृतस्रतका कर्मचारीको तलब ३२ हजार र बाँकी २५/३० हजार भत्ता हुन्छ । जसअनुसार क्यानका एक अधिकृतले महिनामा ५० देखि ६० हजार रुपैयाँसम्म कमाउँछन् ।


पुष्प दुलाल