अम्याजनको च्याटिंग एपमा एकैपटक १०० जनासँग कुरा गर्न सकिने



काठमाडौं । विश्वको सबैभन्दा ठूलो इ कमर्श कम्पनी अम्याजनले भिडियो कन्फ्रेन्सिंग तथा च्याट सर्भिस चाइम सार्वजनिक गरेको छ । कम्पनीले यसलाई बिजनेस यूजर्सका लागि बनाएको हो, जसमा रिमोट मिटिंग तथा ग्रुप कलिंग गर्न सकिन्छ ।

अम्याजनको यो एप विण्डोज, म्याक, एन्ड्रोयड तथा आइओएसमा उपलब्ध रहेको छ ।

यो च्याट सर्भिसबाट एक पटकमा डेस्कटपबाट १६ जनासँग एकैपटक जोडिन सक्नेछन भने मोबाइलबाट ८ जना जोडिन सक्नेछन् । यो च्याटिंग एपको मुख्य विशेषता भनेको भिडियो कन्फ्रेन्सिंगमा सहभागी हुने व्यक्तिहरुले एक आपसमा आफ्नो स्क्रीन तथा फाइलहरु पनि शेयर गर्न सक्नेछन् ।

यसको साथै यो च्याट एपबाट कुराकानी गरिरहँदा यसलाई रेकर्ड पनि गर्न सकिन्छ । अझ रमाइलो कुरा भनेको यसमा साधारण फोनबाट पनि भ्वाइस नोट जोड्न सकिने सुविधा रहेको छ ।

अम्याजनका अनुसार यो च्याटिंग एप निकै सुरक्षित रहेको छ, किनकी यसमा २५६ बिटको इन्क्रिप्सन प्रयोग गरिएको छ । अम्यानले आफ्ना वेब सर्भिस उत्पादनहरुका लागि पनि यस्तै इन्क्रिप्सनको प्रयोग गर्दछ । यसका साथै यो एपमा गुणस्तरीय अडियो क्वालिटीका लागी न्वाइज क्यान्सिलेसन वाइडब्याण्ड टेक्नोलोजीको प्रयोग गरिएको छ ।

अम्याजनले सार्वजनिक गरेको च्याटिंग एप चाइमको सब्सक्रिप्सनका लागि २.५ अमेरिकी डलर प्रति महिनाको योजना सार्वजनिक गरेको छ । यसको प्रो प्लानअन्तर्गत मिटिंगमा १०० जना सहभागी हुनसक्नेछन र यसको लागि १५ डलर प्रति यूजरको दरमा शुल्क लाग्नेछ ।

हाल अम्याजनले यो च्याटिंग एप सार्वजनिक गरेको अवसर पारेर एक महिनासम्म परिक्षणका लागि निशुल्क प्रयोग गर्न सकिनेछ ।


क्लिकमान्डु