आउने भयो ८ जिबी र्यामको एपोलो २ स्मार्टफोन




चीनको स्मार्ट फोन बनाउने कम्पनी एपोलोले दुनियाँको सबैभन्दा पावरफुल स्मार्ट फोन निर्माण गर्ने भएको छ । एपोलोले ८ जिबी र्याम भएको एपोलो २ स्मार्टफोन निर्माण गर्न लागेको हो ।

यसअघि चानकै स्मार्टफोन निर्माण गर्ने कम्पनी भर्नीले ६ जिबी र्यामको स्मार्टफोन बजारमा ल्याएको थियो ।

एपोलोले दुनियामै पहिलो पटक ८ जिबी र्याम भएको स्मार्ट फोन बजारमा ल्याउन लागेको छ । यस स्मार्टफोन हालसम्मका बजारमा उपलब्ध स्मार्टफोनमध्यका पावरफुल स्मार्टफोन हुनेछ । कम्पनीले एपोलो २ लाई २०१७ को अन्त्यतिर बजारमा ल्याउने जानकारी दिएको छ ।

यो स्मार्टफोनमा हेलियो एस ३० प्रोसेसरमा उपलब्ध हुनेछ । ६४ जिबी मेमोरी र ६ जिबी र्याम तथा १२८ जिबी मेमोरी र ८ जिबी र्याममा एपोलो २ उपलब्ध हुनेछ ।


पुष्प दुलाल