पाँच सचिवको हेरफेर, अख्तियारमा पूर्णचन्द्र



काठमाडौं । सरकारले पाँच जना सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पाँच सचिवहरुको हेरफेर गरेको हो ।

सरकारले रामानन्द प्रसाद यादबलाई सिचाँई मन्त्रालयमा, गजेन्द्र ठाकुरलाई राष्ट्रिय सतर्कता केन्द्रमा, मोहनकृष्ण सापकोटालाई सामान्य प्रशासन मन्त्रालयमा तथा राजेन्द्रकिशोर क्षत्रीलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरेको छ ।

हाल सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको हो ।


क्लिकमान्डु