रोयल ट्रेजरको मह यात्रा २०७३ सुरु हुँदै



काठमाडौं । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज अन्र्तगतको हिमालयन डिष्टीलरी प्रालिले लामो अन्तरालपछि मह जोडी सहितको समूहका माध्यमबाट नेपाली दर्शकहरुलाई मनोरञ्जन दिलाउने भएको छ । देशभरका १० शहरमा ‘रोयल ट्रेजर – मह यात्रा २०७३’ नामक मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम आगामी फागुन १३ देखि २५ गतेसम्म देशका विभिन्न प्रमुख शहरहरुमा आयोजना हुने कम्पनीले जानकारी दियो ।

मह जोडी कलाकारहरुको समूहमा मदन कृष्ण श्रेष्ठ, हरि वंश आचार्य, नरेन्द्र कंशाकार, किरण केसी, शिव हरि पौडेल, मोहित श्रेष्ठ, योमन श्रेष्ठ, राजाराम पौडेल, माण्डवी त्रिपाठी र रुद्र अधिकारी रहेका छन् ।

कार्यक्रम पोखरामा फागुन १३ गते, भैरहवामा १४ गते, धनगढी – १६ गते, महेन्द्रनगर – १७ गते, नेपालगञ्ज – १८ गते, बुटवल – १९ गते, सौराहा, चितवन – २० गते, विराटनगर – २२ गते, विर्तामोड – २३ गते र धरान – २४ गतेका दिन आयोजना हुने छ ।

रोयल ट्रेजरको प्रस्तुती रहेको यस मह यात्रा– २०७३ मा होटल संघ नेपालको समेत सहभागिता रहेको छ । नगद संकलन गर्ने उद्देश्य राखिएको यस कार्यक्रममार्फत उठ्ने रकमबाट होटल संघ नेपालको क्षेत्रीय खण्ड अन्र्तगतका अतिथि सत्कार उद्योगहरुको सुधार एवम् उत्थान गरिने छ । जसका लागि यस्ता उद्योगहरुमा कार्यरत् कर्मचारीहरुलाई आवश्यक तालिम एवम् छात्रवृत्ति समेत उपलब्ध गराइने योजना रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु