आइपिएलका लागि ९१ करोड भारुमा किनिए ६६ खेलाडी



इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको अक्सन सोमबार सम्पन भएको छ । अक्सनमा ६६ खेलाडीको लागि ९१ करोड १५ लाख भारु खर्चिएको छ ।

अक्सनमा ३ सय ५१ खेलाडी खरिदका लागि उपलब्ध थिए । जसमा २ सय २६ भारतीय र बाँकी १ सय २५ विदेशी थिए । यसमध्ये ६६ खेलाडी अक्सनमा बिक्री भएका थिए ।

राइजिङ पुने सुपरजाइन्टले ९ खेलाडी खरिदमा १७ करोड २० लाख भारु खर्चेको छ । पुनेसँग १० खेलाडी खरिदका लागि १९ करोड १० लाख भारु उपलब्ध थियो । पुनेले इंग्ल्याडका अलराउण्डर बेन स्टोकका लागि १४ करोड ५० लाख भारु खर्चिएको छ ।

कलकत्ता नाइट राइडसर्लले ९ खेलाडीको खरिदमा १४ करोड ३५ लाख भारु खर्च गरेको छ । कलकत्तासँग १३ खेलाडी खरिदका लागि १९ करोड ७५ लाख भारु उपलब्ध थियो । कलकत्ताले न्युजिल्याण्डका तीब्र गतिका बलर ट्रेन्ट बोल्टको खरिदमा ५ करोड भारु खर्चिएको छ ।

दिल्ली डेयरडेभिल्सले ९ खेलाडीको खरिदमा १४ करोड ५ लाख खर्च गरेको छ । दिल्लीसँग १० खेलाडी खरिदका लागि २१ करोड ३५ लाख भारु उपलब्ध थियो । दिल्लीले साउथ अफ्रिकाका तीब्र गतिका बलर कागिसो रवाडाको खरिदमा ५ करोड भारु खर्चिएको छ ।

गुजरात लायन्सले ११ खेलाडीको खरिदमा ३ करोड ८५ लाख भारु खर्च गरेको छ । गुजरातसँग ११ खेलाडी खरिदका लागि १४ करोड ३५ लाख भारु उपलब्ध थियो । गुजरातले इंग्लिस ओपनर ब्याटस्म्यान जो रोयको खरिदमा १ करोड भारु खर्च गरेको छ ।
मुम्बई इन्डियनले ७ खेलाडीको खरिदमा ८ करोड २० लाख भारु खर्च गरेको छ । मुम्बईसँग ७ खेलाडी खरिदका लािग ११ करोड ५५ लाख भारु उपलब्ध थियो । मुम्बईले भारतीय अलराउण्डर करण शर्माको खरिदमा ३ करोड २० लाख भारु खर्च गरेको छ ।

सनराईज हैदरवादले ८ खेलाडीको खरिदमा ८ करोड ६५ लाख भारु खर्च गरेको छ । हैदरवादसँग १० खेलाडी खरिदका लागि २० करोड ९० लाख भारु उपलब्ध थियो । हैदरवादले अफगानी युवा स्पिनर रसिद खान अरमानको खरिदमा ४ करोड भारु खर्च गरेको छ ।

रोयल च्यालेन्जर बैंगलोरले ५ खेलाडीको खरिदमा १५ करोड ४० लाख भारु खर्च गरेको छ । बैंगलोरसँग ७ खेलाडी खरिदका लागि १२ करोड ८२ लाख भारु उपलब्ध थियो । बैंगलोरले इंग्ल्याण्डका तीब्र गतिका बलर टाइमल मिल्सको खरिदमा १२ करोड भारु खर्च गरेको छ ।

किंग ११ पन्जावले ८ खेलाडीको खरिदमा ९ करोड ४५ लाख भारु खर्च गरेको छ । पन्जावसँग ८ खेलाडी खरिदका लागि २३ करोड ३५ लाख भारु उपलब्ध थियो । पन्जावले भारतीय युवा तीब्र गतिका बलर टि नटराजनको खरिदमा ३ करोड भारु खर्च गरेको छ ।


पुष्प दुलाल