पुराना खानेपानी मर्मतका लागि ९५ करोड रुपैयाँ बिनियोजन



काठमाडौँ । खानेपानी तथा ढल निकास विभागले पुराना खानेपानी आयोजना मर्मत सम्भारका लागि ९५ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

विभागले ७५ जिल्लाका दुई हजार १ सय ७० योजना मर्मतका लागि उक्त रकम विनियोजन गरेको हो ।

विभागका उपसचिव अरुणकुमार सिम्खडाले खानेपानी सेवा नियमन तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत पुराना खानेपानी आयोजनालाई मर्मत गर्नका लागि बजेट छुट्याएको जानकारी दिए।

त्यसमध्ये सबैभन्दा धेरै दार्चुलामा २ सय १५ योजना मर्मत सम्भार गर्न लागेको छ भने सबैभन्दा कम मनाङमा तीन योजना मर्मत सम्भार गर्न लागेको छ । यसका लागि दार्चुलामा तीन करोड ५२ लाख र मनाङमा १५ लाख रुपै‌याँ बजेट विनियोजन गरेको विभागले जनाएको छ ।


क्लिकमान्डु