६ बैंकको सीसीडी रेसियो सीमामाथि, कारबाहीका लागि राष्ट्र बैंकले गर्यो पत्रचार



काठमाडौं । कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमाभन्दा माथि भएका बैंकहरुलाई राष्ट्र बैंकले कारबाही प्रक्रिया अघि बढाएको छ ।

६ वटा बैंकको राष्ट्र बैंककले तोकेको भन्दा बढी सीसीडी रेसियो भएको भन्दै गभर्नरले उनीहरुमाथि कारबाही गर्न पत्राचार गरिसकिएको जानकारी दिए ।

‘सीसीडी रेसियो पालना नगर्नेलाई पुलिस लगाएर थुन्ने कुरो भएन, हामीले आफ्नो नियमअनुसार कारबाही सुरु गरिसकेका छौं,’ मौद्रिक नीतिको मध्यावधि समिक्षा गर्दै गभर्नरले भने ।

तर, गभर्नरले नियमअनुसार कस्तो किसिमको कारबाही हुन्छ भन्ने चाहीँ खुलाएनन् ।

राष्ट्र बैंकले गरेको व्यवस्थाअनुसार बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतभन्दा बढी हुनु हुँदैन । खासगरी नयाँ र साना बैंकहरुलाई सीसीडी रेसियो मेन्टेन गर्न समस्या छ ।


पुष्प दुलाल