फागुन १२ देखि १७ सम्म घरेलु प्रदर्शनी



काठमाडौं । राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ । उद्योग मन्त्रालय घरेलु तथा साना उद्योग विकास समितिको आयोजना २८ औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुन लागेको हो ।

प्रदर्शनी काठमाडौंको भृकृटी मण्डपमा फागुन १२ देखि १७ गतेसम्म हुनेछ । ‘मेड ईन नेपाल गौरव गरौं, स्वदेशी वस्तु प्रयोग गरौं’ भन्ने नाराका साथ प्रदर्शनी आयोजित हुने आयोजकले बताएका छन् ।

घरेलु तथा साना उद्योग विकास समितिका कार्यकारी निर्देशक रमेशचन्द उपाध्यायले नेपाली उत्पादनको विज्ञापन हुन नसकेका कारण बजार पाउन नसकेका कारण प्रदर्शनीमार्फत नेपाली उत्पादनले विज्ञापन हुने बताए ।

‘नेपाली लघु, घरेलु तथा साना उद्यमीले विज्ञापनका अभावका कारण बजार पाउन सकेका छैनन्, प्रदर्शनीमार्फत सो उद्यमीहरुले उत्पादन गरेका वस्तुको विज्ञापनसँगै व्यापार बढ्ने छ,’ उपाध्यायले भने ।

घरेलु तथा साना उद्योग विकास समितिका उपकार्यकारी निर्देशक विश्वरमन आर्चायले नेपालमा निशुल्क रुपमा लघु फार्म खोल्न खोल्न सकिने बताए ।

‘घर र जग्गा बाहेक ५ लाख पुँजी भएको लघु उद्योग दर्ताका लागि कुनै शल्क लाग्ने छैन, ९ लाख वार्षिक आम्दानी गर्ने लघु उद्योगमा कर छुट व्यवस्था रहेको जानकारी प्रदर्शनीका मार्फत उद्यमीले पाउने छन्,’ आर्चायले भने ।

घरेलु तथा साना उद्योग विकास समितिका उप सह कार्यकारी निर्देशक सुरेन्द्रकुमार थापा मगरले दुरदुर्गम स्थानमा लुकेर बसेका उद्योगहरुले आफ्नो उत्पादनको बजार विस्तार गर्ने अवसरको रुपमा रहेको बताए ।

प्रदर्शनीमा ३ सयभन्दा धेरै स्वदेशी प्रदर्शनी कक्ष रहनेछ । लघु घरेलु तथा साना उद्यम कार्यालय रहका ४८ जिल्लाबाट २÷२ वटा स्टल रहन्छ । ७ प्रदेशका लागि १५० वटा स्टल छुटाइएको आयोजकले जानकारी दिए ।


क्लिकमान्डु