रेनोल्टको ‘टेस्ट ड्राइभ’ कार्यक्रम, रेनोल्ट क्विड परिक्षण गर्न सकिने



काठमाडौं। नेपालमा रेनोल्टको आधिकारिक बितरक, एडभान्स अटो मोबाईल प्रा लि (विशाल समूहको सहायक) ले देशका विभिन्न शहरहरुमा फागुन १० गतेदेखि रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरिरहेको छ ।

ग्राहकहरुले कावासोती, चितवन, जितपुर र कसौलीमा यूनाइटेड अटो कन्सर्नमा रेनो कारहरुको आविष्कारिक अनुभव लिन सक्ने कम्पनीले जानकारी दियो ।

रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रममा, रेनोल्ट प्रेमीहरुले रेनोल्ट क्विड आफैंले चलाएर परिक्षण गर्न सक्नेछन् । यो कार्यक्रम ग्राहकहरुलाई रेनोल्ट ब्राण्डको बारेमा अधिक जानकारी प्रदान गर्न आयोजना गरिएको र कार्यक्रम यहि फागुन १९ गते सकिनेछ ।

विहान १० बजे देखि बेलुकी ६ बजेसम्म आयोजना हुने कार्यक्रममा ग्राहकहरुले रेनोल्ट कारहरुको आविष्कारिक र आश्चार्यजनक अनुभव हासिल गर्न सक्ने बताईएको छ ।

कार्यक्रमको अवधिमा ग्राहकहरुले रेनोल्ट क्विडको २५.१७ किलोमीटर प्रति घण्टाको इन्धन खपतको क्षमता, १८० मिलिमीटरको ग्राउण्ड क्लियरेन्स, ७ इन्चको एलसिडी टचइन्फोटेनमेन्ट सिस्टम, तथा रिमोट सेन्ट्रल लकिंग, १६ इन्चको गन मेटलह्विल्स, क्रुज कन्ट्रोल लगायतका अन्य विशेषताहरुको बारेमा जानकारी प्राप्त गर्नेछन् । साथै प्रत्येक टेस्ट ड्राइभ ग्राहकहरुले आकर्षक पुरस्कारहरु पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु