रेडियो नेपालमा ९१ जनाका लागि जागिर खुल्यो




काठमाडौं । रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) मा रोजगारीको अवसर खुलेको छ । रेडियो नेपालले ९१ पदमा आवेदन माग गरेको हो ।

रेडियो नेपालले विभिन्न २१ पदका लागि ९१ जनाको लागि जागिर खुलाएको हो । रेडियो नेपालले नवौं तह उपनिर्देशक इन्जिनियरिङ्ग समूह सहित चौंथो तह संचार तथा कर्याक्रम समूहका लागि जागिर खुलाएको छ ।

रेडियो नेपालले केन्द्रीय कार्यालय तथा विभिन्न क्षेत्रीय प्रसारण केन्द्र र ट्रान्समिटिङ्ग स्टेशनहरुका लागि आवेदन माग गरेको छ । प्रयोगात्मक, लिखित र अन्तर्वार्ता (प्रशासन सेवाको हकमा लिखित र अन्तर्वार्ता मात्र हुनेछ) परीक्षाका माध्यमबाट आवेदकहरु छनोट हुने रेडियो नेपालले जनाएको छ ।

आवेदकले सूचना प्रकाशित भएको मितिको ३० दिन र दोब्बर दस्तुर तिरेर थप ७ दिन भित्रमा आवश्यक कागजात सहित आवेदन दिन सक्छन् । रेडियो नेपालले फागुन ११ गते सार्बजनिक सुचना प्रकाशित गरेर नयाँ कर्मचारी माग गरेको हो ।

परीक्षा दस्तुर नवौं तह १२००, आठौं तह ११००, सातौ तह ९००, छौंटो तह ८००, पाँचौ तह ५००, चौथो तह ४०० रुपैयाँ तोकिएको छ । एकभन्दा बढी समूहमा आवेदन बुझाउनेले थप २०० रुपैयाँ बुझाउनु पर्नेछ । काठमाडौंका आवेदकहरुले पुतलीसडकस्थित राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखाको खाता नम्बर ११३००१२१४०१ मा रकम जम्मा गर्नुपर्ने हुन्छ । अन्य स्थानको हकमा सम्बन्धित कार्यालयले तोकेको बैंकमा रकम बुझाउनु पर्ने छ ।

आवेदन फाराम रेडियो नेपालको वेबसाइटबाट डाउनलोड गर्न सकिने रेडियो नेपालले जानकारी दिएको छ ।


क्लिकमान्डु