सुपरजोन कार्यक्रमको लक्ष्यमा पुग्ने सम्भावना न्यून



कलैया। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अनुदानसहित सुपरजोन कार्यक्रम सञ्चालनका लागि करिब रु ३३ करोड बजेट व्यवस्था भएकामा कार्यक्रमको लक्ष्य पूरा हुने सम्भावना न्यून रहेको छ ।

सुपरजोन कार्यक्रमका प्रमुख भूगलकिशोर तिवारीका अनुसार चालु आवका लागि मत्स्यपालनतर्फ रु २९ करोड ९२ लाख पाँच हजार,मत्स्य नर्सरीतर्फ रु दुई करोड ५७ लाख पाँच हजार, पोस्ट हवैस सेन्टर र कस्टम हायरिङ सेन्टरका लागि रु १०/१० लाख, मिनी ल्याब स्थापनाका लागि रु एक लाख ५० हजार,परियोजना अभिमुखीकरणका लागि रु एक लाख पाँच हजार तथा कृषि अध्ययन संस्थान स्थापनाको लागि रु एक लाख बजेटेको व्यवस्था गरिएको छ ।

नयाँ पोखरी निर्माण र मत्स्य नर्सरी निर्माणका लागि कृषकले आवेदन दिएका छन् । नयाँ पोखरी निर्माणको लागि छुट्याइएको बजेट फ्रिज हुन नदिन सिँचाइसम्बन्धी कार्यक्रमको लागि बजेट रकामान्तरण गर्न स्वीकृति लिइने तिवारीले बताए । आगामी पाँच वर्षभित्रमा सुपरजोन कार्यक्रमअन्तर्गत करिब एक हजार क्षेत्रफलमा नयाँ पोखरी निर्माण गरिने बताइएको छ ।


क्लिकमान्डु