३ सय रुपैयाँ तिरेपछि वर्षभरी मोवाइलमा जे मन लाग्छ त्यही चलाउन पाइने



मुम्बई । मुकेश अम्बानीले जियो टेलिकम कम्पनी लन्च गरेपछि भारतीय टेलिकम व्यवसायमा भूकम्प ल्याइदिएका छन् । नि:शुल्क अफरले १० करोड ग्राहक टेलिकम लन्च गरेको छोटो अवधीमा जियोले पाएको छ । जियो मोबाइलले भारतमा कस्तो परिवर्तन ल्यायो हेरौ ।

मोबाइल डाटा

मोबाइल सर्भिस प्रयोग गर्नका लागि डाटा सस्तो भएको छ । जियोको आगमन हुनुपूर्व अन्य कम्पनीहरुले ग्राहकबाट १ गिगाबाइट डाटा प्रयोग गर्नका लागि २८ दिनमा २ सय ५० भारु लिने गरेका थिए । सित्तैमा डाटा दिएर जियोले मानिसलाई आफूतर्फ आर्कषित गरेको थियो । अहिले जियोले ३ सय ३ भारुमा मानिसलाई चाहिने आवश्यक सुविधा दिने भएको छ । भारतको कुनै पनि नेटर्वकमा कल फ्रीमा हुनेछ र प्रयोगको कुनै सिमा छैन । यो अफर एक वर्षका लागि लागु हुनेछ ।

डाटा, भ्वाइस एकै

जियोले कल र डाटा दुवै प्याकका लागि एउटै प्लान ल्याएको छ । विश्वका अन्य विकसीत देशमा यस प्रकारको सुुविधा रहेको छ ।

मोबाइल सेट परिस्कृत

जियो लन्च हुनुपूर्व मार्टफोन निर्माण गर्ने कम्पनीले फोरजी फोन बनाएका थिए । जियोको आगमन पछि फोरजी बोल्ट फोनको विक्री हुन थालिसकेको छ । मोबाइल निर्माता कम्पनीहरुले भारतमा अब फोरजी र फोरजी बोल्ट फोन मात्र बेच्ने निर्णयमा पुगेका छन् । भ्वाइस कलको समयमा त्यो डाटामा परिणत हुन्छ र जसका मद्दतले धेरै नेटवर्कमा धेरै मानिसबिच कुराकानी गर्न सकिन्छ ।

नेटवर्कमा पैसा

मोबाइल सर्भिस दिने कम्पनीले नेटवर्कलाई फोरजी बोल्ट बनाउन पैसा खर्चिन थालेका छन् । एयरटेल,भोडाफोन र आइडियाले आफ्नो नेटवर्क अपग्रेड गर्दै छन् । त्यसपछि ति कम्पनीको नेटवर्कमा फोरजी बोल्ट फोनले काम गर्नेछ । जुन अहिले जियो नेटवर्कमा संचालन भइसकेको छ । आफ्नो नेटवर्कमा पैसा नखर्चिएसम्म कुनै पनि कम्पनीले जियोसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।

साना नेटवर्क कम्पनी बन्द हुने अवस्था

साना नेटवर्क कम्पनीको बजार विस्तार रोकिएको छ । भारतका ठूला नेटवर्क कम्पनीहरु मर्ज हुने हल्ला चलेको छ । भोडाफोनले आफ्नो सेयर भारतीय सेयर बजारमा लिस्ट गर्ने प्रयासमा पुगिसकेको छ । भोडाफोन र आइडिया मर्ज हुने क्रममा पुगिसकेका छन् ।

सरकारी कम्पनीको हालत अझै खराब

सरकारी टेलिकम कम्पनी एमटीएनएलको हालत पहिले भन्दा खतम भएको छ । कर्मचारीलाई तलब खुवाउनका लागि बैंकबाट ऋण लिनुपर्ने अवस्था सिर्जना भएको छ । बीएसएनएलले ग्राहकबाट पैसा कमाउनका लागि विभिन्न स्किम जारी गरेको छ । ग्राहकहरु त्यसबाट आर्कषित हुन सकेका छैनन् । बिबिसी हिन्दीबाट


पुष्प दुलाल