यी हुन् ‘टप टेन’ विकास बैंक, काठमाडौंलाई जित्यो पोखराले



काठमाडौं । के तपाईँलाई थाहा छ अहिले सञ्चालन भइरहेका विकास बैंकहरुमध्ये टप टेन विकास बैंक कुन-कुन हुन् ?

बैंकिङ उद्योगको निरन्तर अध्ययन गरिरहनुभएको छ भने तपाईलाई पक्कै पनि थाहा हुन सक्छ । तर, भर्खर भर्खर यो उद्योगको बारेमा चासो राख्दै हुनुहुन्छ भने तपाईँलाई थाहा हुने कुरै भएन ।

सेयर बजारमा नयाँ-नयाँ लगानीकर्ताहरु थपिने क्रम बढ्दो छ । त्यस्ता लगानीकर्ताहरुलाई कुन संस्थामा लगानी गर्दा राम्रो हुन्छ भन्ने थाहा नहुन पनि सक्छ ।

कम्पनीले आफ्नो वित्तीय प्रतिवेदन सार्वजानिक गर्दा सबैको ध्यान नाफा कति कमाएछ भन्नेतिरै जान्छ । नाफाबाटै कम्पनीले आगामी दिनमा दिन सक्ने लाभांसको आंकलन गर्न सकिने हुनाले लगानीकर्ताका लागि नाफा निकै महत्वपूर्ण सूचक हो ।

त्यस्ता नयाँ लगानीकर्ताहरुलाई सेयर बजारमा लगानी गर्दा कम्पनी छान्न सजिलो होस् भन्ने जानकारी दिने उद्देश्यले हामीले यो रिपोर्ट तयार पारेका हौं ।

विभिन्न सूचकहरुका आधारमा बैंकहरुको अवस्था कस्तो छ भनेर विश्लेषण गर्न सकिन्छ । जस्तैः चुक्ता पुँजी, सञ्चित कोष, नाफा, निक्षेप, कर्जा, खराब कर्जा, प्रतिसेयर आम्दानी, रिटर्न अफ इक्वीटी र सेयर मूल्य लगायत ।

तर, हामीले यो रिपोर्टमा बैंकहरुको नाफालाई मात्रै आधार मानेर विश्लेषण गरिएको छ । सञ्चालनमा रहेका राष्ट्रियस्तरका २१ विकास बैंकको वित्तीय प्रतिवेदन विश्लेषण गरि टप टेन छानिएको हो । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको बैंकहरुले प्रकाशित वित्तीय विवरणमा उल्लेखित नाफालाई यहँ समाबेस गरिएको छ ।

किनभने बैंकिङ क्षेत्रपनि एउटा व्यवसाय हो । व्यवसायको मुख्य उद्देश्यमा पर्छ- नाफा । र, लगानीकर्ताको चासो बैंकको नाफासँगै जोडिएको हुन्छ । बैंकले जतिधेरै नाफा कमायो, त्यसका लगानीकर्ताहरुले त्यतिधेरै लाभांस पाउँछन्।

टप टेनभित्र टप फाइभमा पोखरालाई आधार मानेर वित्तीय कारोबार गर्दै आएका विकास बैंकहरु परेका छन् ।

त्यसैले कुनैपनि सूचिकृत कम्पनीहरुले आफ्नो वित्तीय प्रतिवेदन सार्वजानिक गर्दा सबैको ध्यान नाफा कति कमाएछ भन्नेतिरै जान्छ ।

अहिले चुक्ता पुँजी बढाउने तीब्र दबाबमा छ । त्यसैगले जुन बैंकले जति धेरै नाफा कमायो त्यो संस्थामा लगानी गर्ने लगानीकर्ताहरुले उति नै धेरै बोनस सेयर पाउँछन् । सूचीकृत कम्पनीहरुले दिने बोनस सेयरले सो कम्पनीको सेयरको माग बढाउँछ । माग बढेपछि मूल्य त बढ्ने नै भयो ।

त्यसैले हाल सञ्चालनमा रहेका राष्ट्रिय स्तरका बिकास बैंकहरु मध्ये चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्म नाफाका आधारमा कुन कुन बैंक अब्बल देखिएका छन् भनेर यहाँ प्रस्तुत गरिएको छ ।

नाफाबाटै कम्पनीले आगामी दिनमा दिन सक्ने लाभांसको आंकलन गर्न सकिने हुनाले लगानीकर्ताका लागि नाफा निकै महत्वपूर्ण सूचक हो ।

टप टेनभित्र टप फाइभमा पोखरालाई आधार मानेर वित्तीय कारोबार गर्दै आएका विकास बैंकहरु परेका छन् ।

फेवा-गण्डकी नम्बर वान

०७३ पुस मसान्तसम्मको वित्तीय विवरणअनुसार मर्जरको अन्तिम प्रक्रियामा रहेका  फेवा फाइनान्स र गण्डकी विकास बैंक मर्ज हुँदा सबैभन्दा धेरै नाफा हुने भएको छ । उसले २७ करोड ४९ लाख रुपैंयाँ नाफा कमाएर आफुलाई नाफाका आधारमा नम्बर वान विकास बैंकमा पार्न सफल भएको हो ।

तल झर्यो कैलाश

नाफाका आधारमा केही वर्षयता लगातारजस्तो पहिलो नम्बरमा रहेको कैलाश विकास बैंक यो पुस मसान्तमा भने एक स्थान तल झरेको छ । फेवा र गण्डकी मर्जरमा गएपछि कैलाश पछि परेको हो ।  यो बैंकले ०७३ पुस मसान्तसम्ममा २६ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ ।

मुक्तिनाथ तेस्रो

नाफाका आधारमा तेस्रो विकास बैंकको स्थान ओगटेको छ, मुक्तिनाथले । पोखरामा रहुञ्जेल पोखराको सबैभन्दा ठूलो बैंककोरुपमा रहेको यो बैंक केहिदिन यतादेखि राष्ट्रिय स्तरको भई काठमाडौंमा मुख्य कार्यालय सारेको छ । यो बैंकले चालु आर्थिक वर्षको ६ महिनामा २२ करोड ३२ लाख रुपैयाँ नाफा क माएको छ ।

ओम चौथो, पाँचौ कामना

२२ करोड नाफा कमाउँदै ओम मडेभलपमेन्ट बैंक चौथो स्थानमा छ । करिब एक वर्षअघि ओम फाइनान्स र मनास्लु विकास बैंक मर्ज भई बनेको संस्था हो यो ।

त्यसैगरी, मर्जरको प्रक्रियामा रहेका कामना र सेवा विकास बैंक मर्जपछि पाँचौ स्थानमा पर्नेछ ।  र्मजपछि १८ करोड ९९ लाख खुद नाफा पुग्नेछ ।

र, अरु

छैठौं, सातौं र आठौंमा क्रमशः सिद्धार्थ, फेवा र गरिमा रहेका छन् । उनीहरुले १८ करोड ६८ लाख, १८ करोड १५ लाख र १५ करोड ९२ लाख कमाएका छन् ।

इन्भेष्टमेन्ट बैंकसँग एक्वेजीसनमा जान लागेको एस डेभलपमेन्ट बैंक १४ करोड ९० लाख कमाउँदै ९औं स्थानमा छ ।

त्यस्तै टप टेनको अन्तिममा टुरिजम बिकास बैंक छ । टुरिजमले १४ करोड ६४ लाख कमाएको छ ।


पुष्प दुलाल