अब सरकारी कार्यालयको भुक्तानी विद्युतीय प्रणालीमार्फत्



काठमाडौं । आइतबारदेखि सरकारी कार्यालयले विद्युतीय प्रणालीबाट मात्र भुक्तानी दिने भएका छन् । पहिलो चरणमा सिंहदरबारभित्र रहेका सरकारी कार्यालयले २५ हजारभन्दा माथीको भुक्तानी विद्युतीय प्रणालीमार्फत दिन लागेका हुन् ।

महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता केवलप्रसाद भण्डारीले क्लियरिङ हाउससँगको सहकार्यमा विद्युतिय प्रणाली मार्फत भुक्तानी दिने व्यवस्था कार्यान्वयन गर्न लागिएको जानकाररी दिए ।

सरकारी कार्यालयहरुले यो प्रणालीको प्रयोगपछि भुक्तानी दिने आदेश कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाउँदा भने भुक्तानी पाउँने संस्थाको बैंकमा रहेको खाता नम्बर सहित आदेश पठाउँनु पर्ने हुन्छ ।

अहिलेको लागि यो प्रणाली प्रयोग व्यक्तिगत भुक्तानीमा भने लागु हुने छैन । यसले भुक्तानीमा देखिने समस्यालाई समाधान गर्ने अपेक्षा महालेखा नियन्त्रक कार्यालयले लिएको छ । अहिले सरकारी कार्यालयको भुक्तानी महालेखा नियन्त्रक कार्यालय अन्तर्गतका निकायबाट हुने गरेको छ ।


क्लिकमान्डु