सिटिजन्सलाई हकप्रद सेयर जारी गर्न अनुमती



काठमाडौं । धितोपत्र बोर्डले सिटिजन्स बैंक र प्रभु इन्सुरेन्सलाई हकप्रद सेयर जारी गर्न अनुमती दिएको छ । बोर्डले सिटिजन्स बैंकलाई चुक्ता पुँजीको २५ प्रतिशत र प्रभु इन्सुरेन्सलाई ५० प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमती दिएको हो ।

सिटिजन्स बैंकले १ करोड ३८ लाख कित्ता हकप्रद सेयर ल्याउने छ । अहिले ५ अर्ब ५३ करोड चुक्ता पुँजी रहेको बैंकले हकप्रद तथा चालु आर्थिक वर्षको नाफाबाट ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउने योजना बनाएको छ ।

यस्तै प्रभु इन्सुरेन्सले १९ लाख २५ हजार कित्ता हकप्रद सेयर जारी गर्ने छ । हकप्रदपछि प्रभु इन्सुरेन्सको चुक्ता पुँजी ५७ करोड पुग्ने छ ।


क्लिकमान्डु