बजाज पल्सर एनएस१६० ‘पावर टू प्ले’ बजारमा, २ लाख ५९ हजार ९०० रुपैयाँमा किन्न पार्इने



काठमाडौं, १२ फागुन । पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले हालै नयाँ पल्सर एनएस १६० सार्वजनिक गरेको छ ।

नयाँ पल्सर एनएस १६० मा अल न्यू डिटिएस आई १६०.३ सीसीको ओइल कुल्ड सिंगल सिलिण्डर इन्जिन रहेको छ । यो मोटरले १५.५ पिए एट दि रेट ८,५०० आरपीएमको शक्ति तथा ६,५०० आरपीएममा १४.६ एनएमको अधिकतम टर्क उत्पन्न गर्दछ ।

यो बाइकमा न्यूनतम हेड फेयरिंग रहेकोछ, जसमा ५५ वाटको हेलोजिन हेडल्याम्प, नयाँ फ्यूल फिलर क्याप, एनालग टुयाक्टोमिटरका साथमा डिजिटल इन्स्ट्रुमेन्ट प्यानेल, निट्रोमोनो सक रियर सस्पेन्सन, सिल्भर फिनिस सेन्टर स्टे एण्ड रियर फुट रेस्ट, एयर डिफ्लेक्टिंग कोल, क्लियर लेन्स इन्डिकेटरहरु छन् । यसको पछाडिको भागमा, स्प्लीट एलईडी टेल ल्याम्प राखिएको छ ।

पल्सर एनएस १६० प्यासन रेड, पर्ल मेटालिक ह्वाइट र सापिरे ब्लू मिक्ड स्टेन ब्ल्याक कलरमा आउँछ । यो मोटरसाइकल देशभरीका बजाजका शोरुमहरुमा शुरुवाती मूल्य २ लाख ५९ हजार ९०० रुपैयाँमा उपलब्ध छ ।

हंसराज हुलासचन्द कम्पनी प्रा लि का कार्यकारी निर्देशक शेखर गोल्छाले भने, ‘यो पल्सर परिवारमा नयाँ हिस्सा हो, हामी फेरी यो क्षेत्रमा नयाँ कन्सेप्टका साथ अगाडि आएका छौं । हामी विश्वस्त छौं कि पल्सर एनएस १६० ले चालकहरुको अपेक्षालाई पुरा गर्दै पावर टू प्ले भन्ने मुल मन्त्रलाई अंगिकार गर्नेछ ।’


क्लिकमान्डु