आइडिया लगाउनुहोस्, फेसबुकले तपाईँलाई दिन्छ ८० लाख



काठमाडौं । अहिले नेपाली युवाहरुसँग फेसबुक एकाउन्ट नभएको सायदै कोही होला । फेसबुक एकाउन्ट बनाउने आफ्नो स्टाटस पोस्ट गर्ने तथा अरुले पोस्टमा लाइक र कमेन्ट गर्ने हाम्रो दैनिकी भएको छ ।

हाम्रो जीवनमा फेसबुकको भूमिका यति मात्र मात्र छैन । फेसबुकले तपाईले शुरु गर्न लाग्नु भएको बिजनेशमा सहयोग गर्छ । यो रकम तपाईले थोरै भने छैन । फेसबुकले ८० हजार अमेरिकी डलरसम्म तपाईको बिजनेश योजनामा सहयोग गर्छ ।

आजको अमेरिकी डलरको विनियमदरमा यो रकम ८५ लाख ३१ हजार रुपैयाँ हो । फेसबुकले २ वर्ष अगाडि नयाँ बिजनेश आइडियामा सहयोग गर्न स्टार्ट अफ फन्ड सार्वजनिक गरेको थियो । जसले संसारभरको स्टार्ट अफ फन्डमा लगानी गर्छ ।

भारतमा फेसबुकले यस्तो फन्ड मार्फत २ करोड अमेरिकी डलर २ अर्बको सहयोग गरेको छ । भारतको फेशन इ कमर्श प्लेटर्फम काउटलुकलाई फेसबुकको एफबी स्टार्ट अफ फन्डले सहयोग गर्नको लागि छनोट गरेको थियो । जसमा फेसबुकले ४० हजार डलर सहयोग गरेको थियो ।

कस्ता बिजनेश आइडियाले पाउँछन् सहयोग ?

एफबी स्टार्ट मोबाइल र वेवसाइट एप्सले मात्र सहयोग पाउँछन् । यसमा इ कमर्श प्लेटफर्म,सोसल साइट,गेमिङ साइट्स र वेव भिडियो प्रमुख रहेका छन् । फेसबुकले सिर्जनशिल सोचको लगानीलाई मात्र प्राथमिकता दिन्छ ।

कहाँ  सम्पर्क गर्ने ?

यदी तपाई आफ्नो मोबाइल र वेव शुरु गर्न चाहनुहुन्छ भने आफ्नो योजनाको साथ [email protected]  मा एप्लाई गर्नुपर्छ  । जहाँ तपाईले आफ्नो अग्रनाइजेशनको बारेमा जानकारी दिनुपर्छ । फेसबुक टिमले तपाईलाई आइडिया पठाएको दुई साताभित्र सम्पर्क गर्छ ।

फेसबुकले कसरी गर्छ सहयोग ?

एक पटक तपाईको आइडिया फेसबुकले छनोट गरेपछि यसको टुल्स र सर्भिस निशुल्क प्याकेज दिने छ । जसको अनुमानित लागत ८० हजार अमेरिकी डलरसम्म हुने छ । सर्भिशको रुपमा प्रोजेक्ट म्यानेजनर,इन्जिनियर अनलाईन अपरेशन तथा पार्टनशिप,इभेन्ट माध्यमबाट सहयोग गर्ने छ । ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु