जनयुद्ध बिरोधी भन्दै माओबादीले ध्वस्त पारेको पाल्पा दरबार बल्ल बनिसक्यो



 

रामपुर (पाल्पा) । तत्कालिन माओबादीको १० वर्षे ससस्त्र द्धन्छको समयमा ध्वस्त भएको पाल्पा तानसेनको ऐतिहासिक दरबार पुनःनिर्माण सम्पन्न भएको छ ।

विसं १९८४ मा प्रताप शमशेरले निर्माण गरेको दरबार २०६२ माघ १८ गते तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको थियो ।

तीन रोपनी दुई आना क्षेत्रफलमा बनेको तीनतले दरबारमा ४५ कोठा छन् । २०६२ साल माघ ३ गते यस दरबारलाई सरकारले पाल्पा सङ्ग्रहालयको रुपमा परिणत गरेको छ । तर राम्ररी सन्चालनमा आउन भने अझै सकेको छैन ।

शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा ६ करोड ३१ लाख रुपैयाँको लागतमा दरबार पुनःनिर्माण सम्पन्न भएको हो ।

विद्यालयलाई सरस्वतीको मूर्ति

यसैबीच, राधा दामोदर मावि साँखरका लागि सरस्वतीको मूर्ति सहयोग प्राप्त भएको छ ।

साँखरका स्थानीय बासिन्दा एवम् विद्यालयका संस्थापक प्रधानाध्यापक वसन्त बस्ताकोटीले चार लाख रुपैयाँ बराबरको सरस्वतीको मूर्ति सहयोग गरेका हुन् ।

‘विद्याको मन्दिर मानिने विद्यालयमा अध्ययनरत विद्यार्थीले धार्मिक तथा सांस्कृतिक संस्कार सिकुन् भन्ने उद्देश्यले मूर्ति सहयोग गरेको हुँ’, मूर्ति सहयोगदाता बस्ताकोटीले भने ।

सो मूर्तिको सोमबार शिक्षा मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठले उद्घाटन गर्दै शैक्षिक गुणस्तर वृद्धिका निम्ति परम्परागत शिक्षणको सट्टा समयसापेक्ष आधुनिक शिक्षामा जोड दिन शिक्षक, अभिभावकलाई अनुरोध गरे ।


क्लिकमान्डु