शास्वतधामको उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्ः धार्मिक पर्यटनमा ठूलो आशा पलायो




नवलपरासी । राष्ट्रपति बिद्यादेबी भण्डारीले शास्वतधामको कारण धार्मिक पर्यटनमा ठूलो योगदान पुग्ने बताइकी छन् । अर्बपति ब्यवसायी बिनोद चौधरीले लगानी गरेर स्थापना गरेको नवलपरासीको शास्वतधाम उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन् ।

नेपालमा सास्कृतिक बिबिधता रहेको भन्दै उनले यस्ता प्रकारका धामले धार्मिक पर्यटन बढाउनुका साथै सास्कृतिक एकता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

धर्मगुरु श्री श्री रबिशंकरले शास्वतधामलाई उद्योग र योगको संयोजनको रुपमा ब्याख्या गरे । आत्मशान्ति र आत्ममुक्तिको लागि धार्मिक कार्य आवश्यक रहेको भन्दै उनले योगबिनाको उद्योगले समाजमा सन्तुष्टि प्राप्त नहुने बताए । चौधरी समुहले स्थापना गरेको शास्वतधाम उद्योग र योगको संयोजन भएको उनको भनाइ छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै चौधरी ग्रुपका अध्यक्ष बिनोदकुमार चौधरीले आत्मापरिवर्तनबिनाको धर्म स्थायी नहुने धारणा राखे । सास्वतधामले हिन्दुधर्मको बहुआयामिक पक्षलाई संरक्षण गर्न बिषेश योगदान दिने उनको भनाइ छ ।

धाममा ज्ञान र विज्ञानको संयोजन छ । धामले प्रत्येक बर्ष ३० जना विद्यार्थीलाई निशुल्क संस्कृत बिषय अध्ययन गर्ने भएको छ ।

७ बिगाह जमिनमा फैलिएको धाम आजभन्दा १६ बर्ष अगाडिदेखि निर्माण गर्न थालिएको थियो ।


क्लिकमान्डु